• २७ वैशाख २०८२, शनिबार

एउटै पाटोमा चार हलगोरु

blog

परम्परागत कृषि प्रणाली अन्तर्गत असार लागेपछि पालैपालो गाउँमा गोरुले खेत हिलो गर्ने र धान रोप्ने चलन छ । विभिन्न खालका हाते ट्याक्टर आएपछि हल गोरु नारेर खेत हिलो बनाउने र परम्परागत शैलीमा धान रोप्ने चलन विस्तारै हराउँदै गएको छ । सुगम क्षेत्रमा नयाँ प्रविधिको प्रयोग भए पनि ग्रामीण क्षेत्रका फाँटमा भने हल गोरुको सहायतामा खेत हिलो बनाएर धान रोप्ने गरिन्छ ।पाल्पाको रामपुरमा एउटै पाटोमा चार हल गोरुले धान रोप्न माटो हिलो बनाउँदै किसान ।  तस्बिरः सुशीला रेग्मी/रासस