गणतन्त्रले ल्याएको सकारात्मक नतिजा
प्रशासनिक क्षेत्रमा अगुवा सेवाको रुपमा रहेको निजामती सेवामा गरिएको समावेशीकरणको कानुनी व्यवस्थाअनुरुप हालसम्मको पदपूर्तिसमेतका आधारमा जम्मा निजामती कर्मचारीमध्ये झण्डै २७ प्रतिशत महिला रहेको अभिलेखले देखाएको छ ।
यौन धन्दा गरेको आरोपमा दुई पक्राउ
लुकिछिपी यौन धन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जना होटल सञ्चालकलाई पक्राउ गरेको छ ।
राष्ट्रिय शहीद स्मारक सम्पन्न गर्न पहल गर्नेछु : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा निर्माणाधीन राष्ट्रिय शहीद स्मारक सम्पन्न गर्न पहल गर्ने बताउनुभएको छ ।
लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन शुक्रबारदेखि
लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन भोलि जेठ १२ गते शुक्रबारदेखि हुनेभएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबारका लागि प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।
नेवार समुदायमा सिथि नख : को महत्त्व
नेवार समुदायमा ज्येष्ठ शुक्ल पक्ष षष्ठीका दिन मनाइने ठुलो चाड हो सिथि नख : । नेवार समुदायमा आजको दिन विशेष रूपमा ढुङ्गेधारा, इनार, कुवा, पोखरी सफा गर्ने गर्छन् ।
भेरी अस्पतालमा ३० शय्याको इमरजेन्सी वार्ड
भेरी अस्पताल नेपालगञ्जको नयाँ ओपिडी भवन निर्माणमा ढिलाइ भएपछि अस्पतालमा आंशिक सेवा सञ्चालनको तयारी गरिएको छ ।
रोजगार मेलामा ५५० जनाको आवेदन
बुटवलमा भएको दुई दिने रोजगार मेलामा साढे पाँच सय जनाले रोजगारीका लागि आवेदन परेको छ ।
सञ्चारमन्त्री शर्माद्वारा राससमा तस्बिर प्रदर्शनीको उद्घाटन
राष्ट्रिय समाचार समिति (रासस) ले गणतन्त्र दिवस–२०८० का अवसरमा आज (बिहीबार) देखि तस्बिर प्रदर्शनी सुरु भएको छ ।
योनीबाट निरन्तर रुपमा पिसाब वा दिसा चुहिन्छ ?, कतै फिस्टुला त भएन
विश्व स्वास्थ्य सङ्गठनले एक हजार जना महिला सुत्केरी हुँदा तीन जनामा प्रसव (सुत्केरी) फिस्टुलाको समस्या देखिने गर्छ । स्वास्थ्य मन्त्रालय र यूएनएफपीएको प्रतिवेदन अनुसार नेपालमा हरेक वर्ष करिब दुईदेखि चार सय जना महिला यो समस्याबाट पीडित छन् ।
भौतिक पूर्वाधारमा फड्को
भरतपुर महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको छ। २०७९ वैशाख ३१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भरतपुर महानगरपालिकाका जनप्रतिनिधिले जेठ ११ देखि कार्यभार सम्हाल्नुभएको थियो। विसं २०७९ को निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) लगायतको गठनबन्धनका उम्मेदवारका रूपमा नेकपा (माओवादी केन्द्र) का रेनु दाहालले विजय हासिल गर्नुभयो। प्रमुख दाहाल २०७४ सालको निर्वाचनबाट पनि प्रमुखमा निर्वाचित हुनुभएको थियो। दोस्रो कार्यकालको एक वर्ष बिते पनि प्रमुख दाहालले महानगरको नेतृत्व गरेर छ वर्ष बिताउनुभएको छ। उहाँ यो अवधिमा महानगरमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य काम भएको बताउनुहुन्छ। यस अवधिमा भएका काममध्ये सबैभन्दा महत्वपूर्ण सडक नै हो।
नक्कली भुटानी शरणार्थी प्रकरण : कसलाई के अभियोग, के हुन्छ सजाय ?
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा हाइप्रोफाइल राजनीतिज्ञसहित ३० जनाविरुद्ध मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंँले दुई पूर्वमन्त्री, एक बहालवाला सचिवसहित ३० जनाविरुद्ध बुधबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
इन्धन आयात १६ प्रतिशतले घट्यो
नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घटेको छ । प्रत्येक वर्ष १० प्रतिशतसम्म आयात बढ्ने गरेकामा यो वर्ष खपतमा कमी हुँदा आयातमा समेत कमी भएको हो । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म दुई खर्ब २४ अर्ब ५७ लाख ५७ हजार रुपियाँ बराबरको २१ लाख २५ हजार ४६४ किलोलिटर (डिजेल, पेट्रोल, हवाई इन्धन, मटितेल र ग्यास) पेट्रोलियम पदार्थ आयात भएको छ ।
दलको सदस्यता लिएका शिक्षकबारे जवाफ माग
निर्वाचन आयोगले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग सहप्राध्यापक पदमा बहाल रहेका व्यक्तिलाई सदस्यता दिएको विषयमा जवाफ मागेको छ । आयोगले कुन कानुनले दिएको अधिकारबमोजिम सदस्यता दिइएको र त्यसरी सदस्यता दिएकोमा किन कारबाही हुन नपर्ने भन्दै दुवै दलसँग जवाफ माग गरेको छ ।
गौतम बुद्ध विमानस्थल सञ्चालनबारे भारतसँग छलफल
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा देखिएका प्राविधिक समस्या समाधान गर्न पहल सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा हवाई उद्योग महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेको नेतृत्वमा भारत पुगेको प्राविधिक टोलीले बुधबार भारतीय नागरिक उड्डयन प्राधिकरणसँग विमानस्थल सञ्चालनमा देखिएका प्राविधिक समस्याबारे छलफल गरेको छ।
विस्तार हुँदै नयाँ सडक सञ्जाल
मुलुकमा गणतन्त्र स्थापना भएसँगै देशव्यापी नयाँ सडक सञ्जाल निर्माणको काम पनि थालिएको छ । कम समय र खर्चमा सङ्घीय राजधानीबाट तराईतर्फको आवागमन सहज होस् भन्ने उद्देश्यसहित निर्माण सुरु गरिएको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक), पूर्वदेखि पश्चिमसम्मको भूभागलाई जोड्न अगाडि सारिएका पुष्पलाल (मध्य पहाडी) लोकमार्ग र मदन भण्डारी लोकमार्ग उल्लेख्य छन्।
मेडिकल कलेजलाई विशिष्टीकृत बनाइने
नेपाली सेनाको व्यवस्थापनमा सञ्चालन भइरहेको स्वास्थ्य विज्ञान संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ (विशिष्टीकृत) अवधारणा अनुसार विस्तार गरिने भएको छ। विसं २०६८ मा काठमाडौँको सानोभ-याङमा स्थापना भएको स्वास्थ्य विज्ञान संस्थानमा हाल चिकित्सा शिक्षा महाविद्यालय र नर्सिङ शिक्षा महाविद्यालयमा चिकित्सा विषय पठनपाठन हुँदै आएको छ।
सेनाको मेडिकल कलेजलाई विशिष्टीकृत बनाइने
नेपाली सेनाको व्यवस्थापनमा सञ्चालन भइरहेको स्वास्थ्य विज्ञान संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ (विशिष्टिकृत) अवधारणा अनुसार विस्तार गरिने भएको छ ।
थालेसेमियाका बिरामीलाई निःशुल्क औषधि वितरण
थालेसेमियाका बिरामीलाई आवश्यक पर्ने आइरन चिलेटर (डिफेरासिरोक्स) नामक औषधि भेरी अस्पतालमा पहिलो पटक निःशुल्क वितरण गरिएको छ । बिरामीले रगत चढाएपछि प्रयोग गर्नुपर्ने एउटै ट्याबलेटको १५० रुपियाँसम्म पर्ने सो औषधि अस्पतालमा उपचारका लागि आउने बिरामीले यसअघि आफैले किन्थे ।
बाह्र बिरामीबाट औलो रोगको नमुना सङ्कलन
जिल्लाको दुर्गम बस्ती ताजाकोट गाउँपालिका –३ को मासपुुर गाउँका लक्षणदेखि बाह्र जना बिरामीको औलो रोगको नमुना सङ्कलन गरिएको छ ।
कीर्तिमानी आरोही बुढा मगर सम्मानित
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गर्नुभएको छ ।
स्वैच्छिक अवकाश लिने शिक्षकलाई तीन लाख दिइने
दोलखाको तामाकोसी गाउँपालिकाले स्वैच्छिक अवकाश लिने शिक्षक लाई तीन लाख रुपियाँ दिने निर्णय गरेको छ ।
दुई पुरुषको लडेर मृत्यु
पाल्पामा दुई जना पुरुषको मृत्यु भएको छ । जिल्लाको रामपुरका एक जना र पूर्वखोलाका एक जना गरी दुई जना पुरुषको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बाजुरामा ठुलो हावाहुरी, घरमा क्षति
बाजुरामा हिजो राति आएको हावाहुरीका कारण अधिकांश घरमा ठुलो क्षति पुगेको छ । गए राति ११ बजे चलेको हावाहुरीले बाजुराका बूढीगङ्गा नगरपालिका –१० सिगाडामा क्षति गरेको हो ।
काठमाडौं उपत्यकामा बिहीबार सार्वजनिक बिदा
भोटो जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा बिहीबार सार्वजनिक बिदा दिएको छ ।