बढ्दै छ जातीय विभेद
जुम्लाको तातोपानी गाउँपालिका–४, गिडिखोलाका मुकुन्द नेपालीको घरमा असार १७ गते आगजनी भयो। मुकुन्दले गाउँकै गिरी थरकी युवती भगाएपछि आक्रोशित केटी पक्षले घरमा आगो लगाइदिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार युवतीका दाइ हिक्मत गिरीले घरमा आगो लगाइदिएका हुन्। प्रहरीले गिरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। जातीय विभेदको यो पछिल्लो दृष्टान्त हो। कर्णाली प्रदेशमा यस्ता विभेदका अनेक घटना भएका छन्।
काठमाडौँको प्रजिअमा बस्नेत
गृह मन्त्रालयले सहसचिव जितेन्द्र बस्नेतलाई काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी रहनुभएका घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि काठमाडौँको प्रमुख जिल्ला अधिकारी पद रिक्त थियो । गृह मन्त्रालय सहसचिव तथा सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा प्रवक्ताको जिम्मेवारीमा रहनुभएका बस्नेत आठ वर्षदेखि गृह मन्त्रायल अन्तर्गतका विभिन्न निकायमा सहसचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । बस्नेत यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक, जिल्ला प्रशासन कार्यालय गोरखा, चितवन, पर्सामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी वहन गरिसक्नुभएको छ ।
दलहरूको लेखापरीक्षण : कागजात नै नजाँची विज्ञ टोली फिर्ता
राजनीतिक दलहरूको आयव्ययसहितको लेखापरीक्षण प्रतिवेदन जाँच्न खटाइएको महालेखा परीक्षकको कार्यालयको विज्ञ टोली आफैँले मागेका थप कागजात अध्ययन नै नगरी अन्तिम प्रतिवेदन तयार गरेर फर्केको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो कार्यालयका पाँच सदस्यीय विज्ञ टोलीले आइतबार प्रतिवेदन बुझाएर फर्केको जानकारी दिनुभएको छ।
पञ्चेश्वर परियोजना : नेपाल–भारत बैठक सुरु
करिब चार वर्षदेखि औपचारिक छलफलमा नआएको पञ्चेश्वर परियोजनाबारे नेपाल र भारतका उच्च अधिकारीबिच आज (बिहीबार) देखि छलफल हुँदै छ। गण्डकी प्रदेशको राजधानी पोखरामा बिहीबार र शुक्रबार दुई दिन नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतका जलस्रोत सचिव पङ्कजकुमारको सहनेतृत्वमा रहँदै आएको पञ्चेश्वर विकास प्राधिकरणको बैठक बस्न लागेको हो।
संवाद र विविधताको सम्मानबाटै दिगो शान्ति
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले वार्ता, समझदारी र द्वन्द्वको शान्तिपूर्ण समाधानको प्रवद्र्धन गर्दै त्यसका लागि सामूहिक प्रयास गर्न विश्व नेतृत्वलाई आग्रह गर्नुभएको छ। अजरबैजानको बाकुमा आयोजित असंलग्न आन्दोलन (नाम) को मन्त्रीस्तरीय बैठकलाई बुधबार सम्बोधन गर्दै मन्त्री साउदले असंलग्न आन्दोलनको समय–परीक्षित सिद्धान्तको महत्वलाई जोड दिँदै सामूहिक प्रयासबाटै विश्वशान्तिको पहल हुन सक्ने औँल्याउनुभएको हो।
जाँचबुझ आयोगको प्रतिवेदन : ऋणभन्दा बढीको तमसुक
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले विभिन्न जिल्लामा एक हजार २७० जनाको निवेदनमा मेलमिलाप गराएको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले असार १९ गतेसम्मको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै बुधबार ऋणी र साहुबीच मेलमिलापबाट साहुको नाममा राजीनामा पास भएको ३० कित्ता जग्गा मोहीलाई फिर्ता गरिएको बताउनुभएको हो।
निष्क्रिय भयो मिटरब्याज अध्यादेश
प्रतिस्थापन विधेयक ल्याउन भएको ढिलाइ र प्रतिपक्षी दलहरूको अवरोधका कारण मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि ल्याइएको अध्यादेश निष्क्रिय अवस्थामा पुगेको छ। अध्यादेश जारीपछि बसेको सङ्घीय संसद्को बैठकमा पेस भएको ६० दिनको अवधिमा प्रतिस्थापन पारित नभएपछि अध्यादेश निष्क्रिय भएको हो।
राहत तथा पुनर्स्थापना सामग्री तयार
मनसुनजन्य बाढीपहिरो, आगलागी, भूकम्प, महामारीलगायतका विपत्मा परेका व्यक्तिको तत्काल खोज, उद्धार तथा पुनर्स्थापना र राहत वितरणका लागि सरकारले देशभरका प्रमुख ११ स्थानमा पूर्वतयारी सामग्री तयारी अवस्थामा राखेको छ । गृह मन्त्रालयले विपत्मा परेका नागरिकलाई उद्धार गर्न तथा राहत व्यवस्थापनका लागि काठमाडौँ, विराटनगर, वीरगन्ज भैरहवा, सुर्खेत, नेपालगन्ज, धनगढी, तेह्रथुम, महोत्तरी, बैतडी तथा जुम्लामा मानवीय सहायता स्थल स्थापना गरी पुनर्स्थापनाका लागि आवश्यक बन्दोबस्ती सामग्री तयारी अवस्थामा राखेको जनाएको छ ।
दस वर्षयताकै लामो दिन आज
बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले सो कुराको जानकारी दिएको छ । समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको बताउँदै पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति कम हुने विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
राया खोलाबाट विद्युत उत्पादन सुरु
खार्पुनाथ गाउँपालिका –३ को रायाखोला लघु जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । निर्माण भएको चार वर्षपछि आयोजनाले विद्युत् उत्पादन सुरु गरेर वितरण गरेको हो ।
लिचीका लागि प्रख्यात थोर्गा
उखु, गुड र खुदोका लागि प्रसिद्ध गुल्मीको थोर्गा च्युरेक अहिले लिचीका लागि प्रख्यात छ । जिल्लाको रुरु क्षेत्र गाउँपालिका –१ मा अवस्थित यस स्थान कृषि उपजका लागि नमुना गाउँ नै बनेको छ ।
हरिवनले ल्यायो ६२ करोड बजेट
सर्लाहीको हरिवन नगरपालिकाले आर्थिक वर्ष २०८०–८१ का लागि ६२ करोडभन्दा बढीको बजेट ल्याएको छ । बुधबार प्रारम्भ भएको सातौँ नगर सभामा नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले ६२ करोड ९१ लाख ४७ हजार रुपियाँ बराबरको अनुमानित बजेट पेस गर्नुभएको हो ।
राष्ट्रिय परीक्षा बोर्डको बैठक आज नबस्ने
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा प्रकाशन गर्न आज बस्ने भनिएको बोर्ड बैठक नबस्ने भएको छ ।
मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न संसद् अवरुद्ध हुँदैछ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा प्रस्तुत मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद् अवरोध गर्न खोजेको बताउनुभएको छ।
भ्रष्टाचारविरुद्ध सतिसालझैँ उभिन्छु : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैँ उभिने बताउनुभएको छ।
अब हरेक पालिकामा पशुजाँच प्रयोगशाला
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय तहमै पशु जाँच प्रयोगशाला स्थापना गर्ने भएको छ । मन्त्रालयले आगामी आव २०८०/८१ मा बजेट नै छुट्याएर यो कामको सुरुवात गर्न लागेको छ ।
एडीबीले सिद्धार्थनगरको सडक निर्माणमा लगानी गर्दै
एशियाली विकास बैंक (एडीबी) को सहयोगमा भैरहवामा सडक निर्माण हुने भएको छ । सिद्धार्थनगर नगरपालिकाले नगरको थप सडक निर्माण र कालोपत्रेका लागि एडीवीलाई भित्र्याएको हो ।
महिला नेतृत्वको सिँचाइ योजना समयमै सम्पन्न
म्याग्दीको मङ्गला गाउँपालिका –३ वरंजामा महिलाले नेतृत्व गरेको सिँचाइ योजना सम्झौता मितिभन्दा अगावै सम्पन्न भएको छ । याप्प्रे खोला तल्लो भेटिने सिँचाइ योजना सम्पन्न गर्न महिलाको नेतृत्वमा गत चैतमा उपभोक्ता समिति गठन गरिएको थियो ।
करेन्ट लागेर एकको मृत्यु
झापाको दमकमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
चट्याङ लागेर एक बालकको मृत्यु, दुई घाइते
झापाको गौरिगन्ज गाँउपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा तीन गम्भीर घाइते
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । बुधबार बिहान जिल्लाको बागचौर नगरपालिका–२ थारमारे बजारबाट वडा न १ ठिनवाङ जिउला जाँदै गरेको रा १ त ३२६३ नम्बरको ट्याक्टर ठिनवाङ जिउलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
चिसाङ खोलामा तटबन्ध निर्माण गर्न मन्त्री र सर्वसाधारणको सहभागिता
मोरङको लेटाङ नगरपालिकालाई सबैभन्दा बढी दुःख दिने चिसाङ खोलामा श्रमदानबाट तटबन्ध निर्माण गर्न सुरु गरिएको छ ।
बेनी नगरले सङ्कलन गर्यो साढे चार करोड राजस्व
म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
महिलाको नेतृत्वमा सिँचाई योजनादेखि मोटरबाटो निर्माण
म्याग्दीको मङ्गला गाउँपालिका–३, बरंजा स्थित एक सिँचाई योजना महिलाको नेतृत्वमा निर्धारित समय अगावै निर्माण सम्पन्न भएको छ । रेखा घिमिरे अध्यक्ष रहनुभएको उपभोक्ता समितिले झ्याप्रे खोला–दह–साँझे सिँचाई योजना समयमै निर्माण सम्पन्न गरेको हो ।