काठमाडौँ , असार २२ गते । द राइजिङ नेपालको प्रबन्ध सम्पादकमा परमेश्वरप्रसाद देवकोटा नियुक्त हुनुभएको छ । बुधबार गोरखापत्र संस्थान व्यवस्थापनले देवकोटालाई उक्त पदमा नियुक्त गरेको हो ।
अङ्ग्रेजी भाषाको दैनिक पत्रिका द राइजिङ नेपालको नायब कार्यकारी सम्पादकको जिम्मेवारी सम्हाल्दै आउनुभएका देवकोटा सन् १९८८ देखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँ सन् १९९४ मा द राइजिङ नेपालमा उपसम्पादकका रूपमा आबद्ध हुनुभएको थियो । उहाँले पत्रकारितामा स्नातक र ग्रामीण विकासमा स्नातकोत्तर गर्नुभएको छ ।