• १३ असोज २०८१, आइतबार

चिरान काठसहित चालक र भ्यान नियन्त्रणमा

blog

इलाका प्रहरीले बर्दिबास –१ स्थित पुरानो वडा कार्यालयबाट नियन्त्रणमा लिएको अवैध चिरान काठसहितको पिकअपभ्यान । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, असार २२ गते । बर्दिबास क्षेत्रबाट प्रहरीले पिकअप भ्यानसहित अवैध काठ बरामद गरेको छ । प्रहरीले बा १८ च १३७१ नम्बरको पिकअपबाट सालको करिब ७७ क्यूफिट बराबरको १९३ थान चिरान काठ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सुराकीको सूचनाको आधारमा बर्दिबासस्थित इलाका प्रहरीका निरीक्षक दिनेश गौतमको कमाण्डमा आज बिहान करिब साढे ३ बजे घटनास्थल पुगेको प्रहरी टोलीले बर्दिबास –१ स्थित पुरानो वडा कार्यालयनजिक रहेको निर्माणाधीन घर छेउबाट चालकसहित काठ नियन्त्रणमा लिएको हो । 

प्रात.कालको सुनसान समयको मौकाछोपी पिकअप भ्यानबाट काठ अनलोड गर्दैरहेको अवस्थामा घट्नास्थल पुगेको प्रहरीले सोधपुछ गर्दा चालक सन्तोष तामाङले आवश्यक कागजात र ढुवानी इजाजत देखाउन नसकेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।  

प्रहरीले बर्दिबास –१ घर भएका ३२ वर्षीय चालक तामाङसहित काठ र पिकअप भ्यानलाई बर्दिबासस्थित सवडिभिजन वन कार्यालय बर्दिबासको जिम्मा लगाएको छ । सबडिभिजन वन प्रमुख भीमविक्रम खड्काले चालकलाई हिरासतमा राखी बरामद काठबारे अनुसन्धानको तयारी गरिएको बताउनुभयो ।