भूमि समस्या समाधान आयोग गठन
सरकारले भूमिहीन, दलित, सुकुमवासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि भूमि समस्या समाधान आयोग गठन गर्नुका साथै उक्त आयोगका अध्यक्ष, उपाध्यक्ष तथा सदस्य नियुक्त गरेको छ ।
शर्मालाई उपनिर्वाचनको जिम्मेवारी
नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचन–२०८१ केन्द्रीय संयोजनको जिम्मेवारी पार्टीका महामन्त्री विश्वप्रकाश शर्मालाई दिएको छ ।
पशुपति गौशाला धर्मशालामा मोही हक लाग्दैन
काठमाडौँ जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकास समितिको स्वामित्वमा रहेको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गाजमिनमा मोहियानी हक नलाग्ने फैसला गरेको छ ।
बेरुजु फर्स्योटमा सर्वोच्चको प्रश्न
संसद्को सार्वजनिक लेखा समितिले गरेको बेरुजु लगत कट्टाको विषय र प्रक्रियामा सर्वोच्च अदालतले प्रश्न उठाएको छ ।
तत्कालीन मुख्यसचिव अर्याललाई सफाइ
विशेष अदालतले अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई सफाइ दिएको छ । खरिद प्रकरणमा जोडिएका अर्यालसहितका उच्चपदस्थ अधिकारीले अभियोगबाट सफाइ पाएका हुन् ।
तिहारको सामग्री किन्न बजारमा भिड
तानसेनमा तिहार पर्वका लागि आवश्यक सामग्री किन्ने मानिसको भिड लागेको छ । तिहार पर्व लागेसँगै भाइमसला, माला, रोटी तथा अन्य परिकार किन्ने मानिसको तानसेन बजारमा घुइँचो लागेको हो ।
दीपावलीका लागि सयपत्रीको माला उन्ने चटारो
तनहुँको म्याग्दे गाउँपालिका ६ धैरेनीमा उत्पादित सयपत्री फूल बिक्रीका लागि माला बनाइँदै । यहॉका तीन युवाले व्यावसायिक रुपमा फूलखेती गरेका छन् ।
सञ्चार माध्यमले सुशासनको पक्षमा भूमिका खेल्नुपर्छ : सञ्चारमन्त्री गुरुङ
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासनका लागि सञ्चार क्षेत्रले रचनात्मक भूमिका खेल्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयले आज दीपावलीको अवसरमा आयोजित चियापान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
दुई लाख मूल्य बराबरको पटका नष्ट
दाङमा प्रहरीले दुई लाख रुपियाँ बराबरको पटका नष्ट गरेको छ ।
सयपत्रीले बढायो तिहारको रौनक
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका कृषक तिहारको लागि सयपत्री फूल टिप्न व्यस्त। पालिकाले अनुदान दिएपछि फूल खेती गर्ने कृषकको आकर्षण बढेको छ ।
पद्मरत्न तुलाधर जनप्रिय नेताका रूपमा स्थापित : प्रधानमन्त्री
नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनः बहालीका लागि अनवरत योगदान पुर्याउनुभएका स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको योगदानको स्मरण गरिएको छ ।
वायु प्रदूषणको जोखिम घटाउन माग
नेपाल वातावरण पत्रकार समूहले डढेलो र वायु प्रदूषणको जोखिम घटाउने गरी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।
राजनीतिसँगै फूलखेतीमा व्यस्त राना
युवा कोही दिनहुँ विदेशी रहेका छन्, कोही राजनीतिमा होमिएका छन् । यहाँका गल्याङ नगरपालिका–५ रुपाखानीमा चन्द्रबहादुर राना ‘चित्र’ राजनीतिसँगै फूलखेतीमा दैनिक रमाउने गर्नुभएको हो ।
बलात्कार आरोपमा युवक पक्राउ
गोरखामा अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
फूलको बजारीकरण गर्न पुष्प प्रर्दशनी
‘प्राकृतिक फूलमाला प्रयोग गरौं, स्थानीय उत्पादनलाई प्रोत्साहन गरौं’ भन्ने नाराका साथ तिहारको उपलक्ष्यमा गाउँपालिकाद्धारा आँबुखैरेनी बजारमा बुधबारबाट पुष्प प्रर्दशनी गरिएको हो ।
गाँजासहित ८ जना पक्राउ
लागूऔषध गाँजासहित प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । गाँजा र चार सुल्पासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
साँझ ९ बजेपछि देउँसी–भैलो खेल्न रोक
हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार मगंलबारदेखि विधिवत् रुपमा सुरु भएको छ । आज बुधबार काग तिहार यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ ।
फाइनल खेल हेर्न टिकट काट्नेको भिड (फोटो फिचर)
साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र बङ्गलादेशबिच हुने फाइनल खेल हेर्न टिकट काट्नेको बुधबार बिहानदेखि भिड लागेको छ । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बङ्गलादेशबिच दशरथ रंगशालामा आज साँझ ६ः३० बजे फाइनल हुँदैछ ।
पुनर्निर्माण अगाडि बढाउनु पर्छ : देउवा
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असोज १० देखि १३ गतेसम्मको बाढीपहिरो र डुबानबाट प्रभावित क्षेत्रमा पुनर्निर्माण कार्य तीव्र पार्नुपर्ने बताउनुभएको छ ।
‘आचारसंहिता तोड्नेलाई कारबाही’
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारबाहीको दायरामा ल्याउने दृढता व्यक्त गर्नुभएको छ ।
बिदामा आयोग खुला रहने
राष्ट्रिय मानव अधिकार आयोगले तिहार तथा छठ बिदामा आयोग अन्तर्गतका कार्यालय खुला रहने जनाएको छ ।
थारु समुदायको मङ्ग्रहुवा नाच
भजनी, कात्तिक १३ गते । कैलालीको टीकापुरमा थारु समुदायको सांस्कृतिक मङ्ग्रहुवा नाच प्रस्तुत गरिँदै । पछिल्लो पुस्तामा यो नाच हस्तान्तरण हुन नसक्दा ओझेलमा पर्ने सम्भावना बढ्दै गएको छ ।
म्याद गुज्रेको चिसो र खाद्य पदार्थ नष्ट
कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा गरिएको बजार अनुगमनमा म्याद गएका खाद्यवस्तु र पेय पदार्थ नष्ट गरिएको छ ।
गर्भवती बनाएको आरोपमा पक्राउ
ताप्लेजुङका एक बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा पाँचथरका एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार १६ वर्षीया बालिकालाई करणी गरी गर्भवती बनाएको आरोपमा २८ वर्षीय युवक पक्राउ परेका हुन् ।