भैसीपालक कृषकलाई ४० हजार अनुदान
तानसेन नगरपालिका–११ पाल्पामा २५ जना भैँसीपालक कृषकलाई ४० हजार रुपियाँका दरले अनुदान हस्तान्तरण गरिएको छ ।
समयमै डेंगुको उपचार गराए जोखिम र मृत्युदर कम हुन्छ
पछिल्लो समय डेंगु सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार हुम्लाबाहेक ७६ जिल्लाबाट २७ हजार १५३ जनामा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै ११ जनाको मृत्यु भएको छ ।
साबुन उत्पादन गरी जीविकोपार्जन
आफ्नो घर वरपर पाइने वनस्पतिबाट साबुन उत्पादन गरी धरान –१५ निवासी ३८ वर्षीया मनिता घिमिरेले आफ्नोे जिविकोपार्जन गर्दै आउनुभएको छ ।
हराएको ६ थान मोबाइल फिर्ता
हराएका ६ थान मोबाइल फेला पारी जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सम्बन्धित धनीलाई फिर्ता गरेको छ । स्याङ्जामा विभिन्न मितिमा आफ्ना मोबाइल सेट हराएको भनी सर्वसाधारणले दिएको निवेदनका आधारमा खोजतलास गर्दा फेला पारेका मोबाइल बुझाएको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले बताउनुभयो ।
बजारमा छ्यापछ्याप्ती प्रतिबन्धित प्लाष्टिकका माला (फोटो फिचर)
तिहार सुरु भएसँगै बजारमा रौनक बेग्लैछ । फूलहरूको पर्व तिहार हर्षोल्लासपूर्वक मनाइँदैछ । तिहार सुरु भएसँगै बजारमा फूलहरू बेच्नका लागि राखिएको छ ।
पटाका लागेर बालकको मृत्यु
दीपावलीको पटाका पड्काउँदा दैलेख घर भएका एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आठविस नगरपालिका –३ साई गाउँका भीमबहादुर कठायतका १३ बर्षिय छोरा भुपेन्द्र कठायत रहेका छन् ।
डेंगु सङ्क्रमित सङ्ख्या एघार हजार नाघ्यो
बागमती प्रदेशमा डेंगु सङ्क्रमित सङ्ख्या एघार हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १२ गते सोमबारसम्म प्रदेशका १३ जिल्लामा एघार हजार २३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
तिहारको रोटी बनाउन भ्याइनभ्याइ
नेपालगन्ज उपमहानगरपालिका –१० आदर्शनगर चोकनजिक खाजा पसल सञ्चालन गर्दै आउनुभएकी ४२ वर्षीया महिला उद्यमी रीता गुरुङलाई यतिखेर तिहारका रोटी बनाउन भ्याइनभ्याइ छ ।
पिकनिक खान गएका एक विद्यार्थी बेपत्ता
तनहुँको बन्दिपुरबाट पिकनिक खाएर फर्कनेक्रममा नवलपुरकी एक जना छात्रा मुग्लिनबाट बेपत्ता हुनुभएको छ ।
कात्तिक अन्तिम साता अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता हुने
यही कात्तिक २७ गतेबाट धनकुटाको चौबिसे गाउँपालिकामा हाम्रो राजारानी पुरुष भेट्रान अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ ।
ट्रकले ट्रकलाई ठक्कर दिँदा चालकको मृत्यु
जिल्लाको रम्भा गाउँपालिका –३, मा ट्रक अनियन्त्रित भई अर्को ट्रकलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । ठक्कर दिने ट्रक चालक रम्भा गाउँपालिका –३ पाल्पाका २३ वर्षीय भुवनसिंह रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस पटक नेपाली सयपत्री मात्र
तिहारमा अत्यावश्यक मानिने सयपत्री फूल यस पटक भारतबाट आयात नहुने भएको छ । अवैध रूपमा भित्रिने सयपत्री फूल रोक्न सरकारले निकै कडाइ गरेको छ ।
नहर विवाद समाधान गर्न सम्वादमा आउन आग्रह
खुटी नहर सञ्चालन गरेर लहानको १० वटा वडाका ९३५ विघा खेतमा पानी लैजाने मागसहित किसानले लहानमा प्रदर्शन गरेपछि लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले आन्दोलित पक्षसँग सम्वादबाट समस्याको समाधान गर्न आग्रह गर्नुभएको छ ।
जुवातास खेल्ने ३२ जना कर्यापझ्याप
तिहार नजिकिँदै गर्दा जुवा तासको खालबाट प्रहरीले ३२ जना तासजुवा खेलाडीलाई पक्राउ गरेको छ ।
महिला फुटबलरको उपचार गर्नेछौँ : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले साफ महिला च्याम्पियनशिप फाइनलको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितका लागि शुभकामना दिनुभएको छ ।
पुँजीगत खर्च बढाउन र बेरुजु फर्छ्योट गर्न सञ्चार मन्त्रीको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय र मातहतका निकायहरूलाई पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन निर्देशन दिनुभएको छ ।
सुरक्षा परिषदमा मध्यपूर्व द्वन्द्वको समीक्षा
प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बैठकले वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको समीक्षा गरेको छ ।
प्रदेश कार्यालयको सेवा प्रभावकारी नभएको गुनासो
प्रदेश सरकारले धनकुटाबाट सञ्चालन गरेका सेवा कार्यालयबाट प्रभावकारी काम नभएको सरोकारवालाहरूले बताएका छन् ।
प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासङ्घका सुझाव हस्तान्तरण
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग तथा व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल समेटेर ४० पृष्ठ अवधारणापत्र बुझाएको छ ।
व्यावसायिक फूल खेतीमा जुट्दै युवा
नवलपुरमा व्यावसायिक फूल खेतीमा यहाँका युवाहरू जुटेका छन् । विगत पाँच वर्षदेखि स्थानीयस्तरमा सयपत्री फूलको व्यावसायिक रूपमा खेती गर्न युवा लागि परेका हुन् ।
नेपाल एयरलाइन्सको टीकापुरमा परीक्षण उडान
टीकापुर हवाइमैदानको पुनः परीक्षण गरिएको छ । परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगायतका प्राविधिक टीम आएको छ ।
खेलकुदमय बन्दै ताप्लेजुङ
चाडपर्वको समयसँगै अहिले ताप्लेजुङ खेलकुदमय बनेको छ । खेलाडीको उत्पादन तथा विकास गर्ने उद्देश्य र खेलकुद गतिविधिलाई मनोरञ्जनका रूपमा हेर्ने गरिएकाले चाडपर्वको समय खेलकुदमय हुन थालेको हो ।
अन्तरपालिका एकायन कराँतेको तयारी
प्रथम उपमेयर कप उपत्यका व्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता २०८१ हुने भएको छ ।
मातातीर्थमा व्यापार महोत्सव चल्दै
तिहार, नेपाल संवत् एवं छठ पर्वका लागि लक्षित चन्द्रागिरि औद्योगिक सांस्कृतिक पर्यटन, व्यापार महोत्सव २०८१ जारी छ । मेला १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।