• १२ कात्तिक २०८१, सोमबार

जुवातास खेल्ने ३२ जना कर्‍यापझ्याप

blog

काठमाडौं, कात्तिक १२ गते । तिहार नजिकिँदै गर्दा जुवा तासको खालबाट प्रहरीले ३२ जना तासजुवा खेलाडीलाई पक्राउ गरेको छ । काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका ८ पांगा शालिक बस्ने राम कृष्ण महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा रामकृष्ण समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ९ सय रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । 

यसैगरी ललितपुर जिल्लाको ललितपुर महानगरपालिका–२६ सुनाकोठी मलिफाँट बस्ने ५० वर्षीया अमृता राईको घरमा जुवातास खेलिरहेको अवस्थामा अमृता समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३० हजार ९ सय २० रूपियाँ र ९ बुक तास सहित पक्राउ गरेको हो । 

झापा, मेचिनगर नगरपालिका १० स्थित डेरा गरी बस्ने सोही नगरपालिका ८ घर भएका ३९ वर्षीय यमबहादुर ठकुरीको कोठामा जुवातास खेलिरहेको अवस्थामा यम बहादुरसमेत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ९४ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । 

कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका १ थकालीपुर बस्ने ३३ वर्षीय तारा शर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा तारा समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ५ सय ५० रूपियाँ र १ बुक ताससहित पक्राउ गरेको हो । प्रहरीले सबैलाई आइतबार राती पक्राउ गरेको हो ।