काठमाडौँ, कात्तिक १३ गते । तिहार सुरु भएसँगै बजारमा रौनक बेग्लैछ । फूलहरूको पर्व तिहार हर्षोल्लासपूर्वक मनाइँदैछ । तिहार सुरु भएसँगै बजारमा फूलहरू बेच्नका लागि राखिएको छ ।
बजारमा मखमली, सयपत्रीलगायतका फूलहरू बेच्नका लागि पसल पसलमा झुन्ड्याएर राखेको देख्न सकिन्छ । तर पसलहरूमा सयपत्री र मखमली फूल मात्रै छैनन् ।
प्लाष्टिकका फूलहरूले पनि बजार ढाकेको छ । प्लाष्टिकका फूलहरू बिक्री वितरण गर्न काठमाडौँ महानगरपालिकासहित देशभरका विभिन्न स्थानीय तहले प्रतिबन्ध लगाएका छन् । तर प्लाष्टिकका फूलहरू उपत्यकाका विभिन्न पसलहरूमा देख्न सकिन्छ । जो बेच्नका लागि राखिएको छ ।
किसानहरू फूल बिक्री नभएर हैरान भइरहेका बेला स्वदेशमा उत्पादित फूलहरूको खपत बढाउनु र बजार विस्तार गर्नुको सट्टा व्यवसायीहरू छिमेकी मुलुक भारतबाट प्लाष्टिक अन्य मखमली एवम् सयपत्री फूलहरू ल्याएर बेच्ने गरेका छन् । रोक लगाइरहँदा समेत प्लास्टिकका मालाहरू छ्यापछ्याप्ती बेच्ने गरेको देखिन्छ ।