• २९ मङ्सिर २०८२, सोमबार

एनभीए लिग भलिबलको तयारी

blog

काठमाडौँ, मङ्सिर २८ गते । नेपाल भलिबल सङ्घ (एनभीए) को आयोजनामा नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि २० गतेसम्म काठमाडौँमा हुने भएको छ । 

सङ्घले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिातबारे जानकारी दिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डशलमा हुने लिगमा प्रदेश, जिल्ला र क्लबले प्रतिस्पर्धा गर्नेछन् । यस लिगबाट शीर्ष ८ पुरुष र ६ महिला टोली १०औँ पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय लिगमा छनोट हुने सङ्घले जनाएको छ । 

प्रतियोगितामा महिला, पुरुष दुवै तर्फको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपियाँ प्राप्त गर्नेछन । सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार र ब्यक्तिगत विधाका उत्कृष्टलाई जनही १५ हजार रुपियाँ प्रदान गरिने बताईएको छ ।