विशाल सुनार
दुल्लु, कात्तिक १३ गते । दीपावलीको पटाका पड्काउँदा दैलेख घर भएका एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिस नगरपालिका –३ साई गाउँका भीमबहादुर कठायतका १३ वर्षीय छोरा भूपेन्द्र कठायत छन् । दीपावलीको रकेट बम पटाकाको छर्रा उहाँलाई लागेको थियो ।
दायाँ छातीमा लाग्दा घाइते अवस्थामै अस्पताल लगे पनि चिकित्सकले मृत घोषणा गरेको परिवारका सदस्यले बताएका छन् ।
मृतक स्थानीय विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए । कमजोर आर्थिक अवस्थाकै कारण बुवा आमासँगै भारत गएका थिए । छिमेकी नवकिशोर न्यौपानेका अनुसार ५ छोरी र दुई छोरामध्ये मृतक कठायत जेठो छोरा हुन् । घटना भारतमा भएकाले आवश्यक जानकारी लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डिएसपी) सुनिल दाहालले बताउनुभयो