नेपाल संवत् नेपाली माटोको संवत् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताउनुभएको छ । नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा शनिबार ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यो संवत् कुनै आयातित संवत् नभएकाले यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
दालको खेती छाडेर बदाम खेतीतर्फ आकर्षण
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ का किसानहरुले रहर (अडहर)को खेती छाडेर पछिल्लो समयमा बदाम (ममफली) खेतीतर्फ आकर्षित भएका छन् । केही वर्ष अघिसम्म पनि रहरको खेती गर्ने त्यहाँका किसानहरुले अहिले भने बदाम खेतीमा राम्रो आम्दानी हुने भएको भन्दै बदाम खेतीतर्फ आकर्षित भएका हुन् ।
इंग्ल्याण्डलाई ६ विकेटले हराएको नेपालसँग अस्ट्रेलिया स्तब्ध
हङकङ सिक्सेसमा नेपालले लगातार दोस्रो जित निकालेको छ । पूल ‘बी’को अन्तिम खेलमा नेपालले शनिबार बिहान अस्ट्रेलियामाथि ११ रनको जित निकालेको हो ।
जाजरकोट भूकम्पको एक वर्ष : अझै भएन पुनर्निर्माण
भूकम्प गएको एक वर्ष बितिसक्दा पनि सल्यानका भूकम्प पीडितले पहिलो किस्ताको रकम पाउन सकेका छैनन् । गत वर्ष कात्तिक १७ गते आजकै दिन जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पले सल्यानको दार्मा गाउँपालिकाका ४ हजार ८१ घरमा क्षति गरेको थियो ।
नेपाल संवतले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४५’ आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सामाजिक सदभावकाे सन्देश दिन देउसी भैलो
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य ढकालको नेतृत्वमा रहेको एमाले बाँकेको देउसी भैलो टोलीलाई शुक्रबार पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले घरमा स्वागत गर्नुभयो ।
साहित्यकार सरोज ओलीको निधन
झापाका साहित्यकार तथा शिक्षासेवी सरोज ओलीको ८४ वर्षको उमेरमा निधन भएको छ ।अर्जुनधारा ८ निवासी ओलीको शुक्रबार दिउँसो ३.५७ बजे आफ्नै निजी निवासमा निधन भएको हो ।
बजार अनुगमन नहुँदा ठगिँदै सर्वसाधारण
सर्लाहीका विभिन्न बजारमा तिहारका सामग्रीको किनबेच बढेको भए पनि उच्च मूल्यले सर्वसाधारण ठगिएका छन् ।
असनमा तिहारको किनमेल गर्ने सर्वसाधारणको भिड (फोटो फिचर)
यमपञ्चक अन्तर्गत बुधबार काग तिहार र बिहीबार कुकुर तिहार तथा लक्ष्मीपूजा मनाइएको छ। शुक्रबार औंसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। शनिबार गोवर्धन पूजा, गाईगोरु पूजा, म्हपूजा र हलि तिहार परेको छ ।
भिरबाट लडेर एकको मृत्यु
भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ८ सानोचेक्मी माझको भिरबाट लडेर शुकवार बिहान एक जनाको मृत्यु भएको हो ।
अनुशासित भएर देउसीभैलो खेल्न आग्रह
अर्घाखाँचीमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने भएको छ ।
फूल खेतीमा रमाउँदै अर्याल
बाणगंगा नगरपालिका-३ भक्तौली कपिलवस्तुका युवा नारायण अर्याललाई फूल स्याहार्न भ्याइनभ्याइ छ ।
पहिरो पीडितलाई कम्बल र ज्याकेट सहयोग
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ कुनेगाउँका पहिरो पीडित दलित समुदायका १५ घरधुरीलाई कम्बल र २२ जना बालबालिकालाई ज्याकेट वितरण गरिएको छ ।
लक्ष्मी पूजाको दिन होटलमा आगलागी
झापाको मेचीनगर नगरपालिका काँकडभिट्टा एक होटलमा लक्ष्मी पूजाको साँझ आगलागी भएको छ ।
लक्ष्मीपूजाको दिन विद्युतको माग उच्च, २५३ मेगावाट भारत निर्यात
यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमान्ड) १६०२ मेगावाट रेकर्ड गरिएको छ ।
४६ हजारभन्दा बढि विद्यार्थीको दृष्टि परीक्षण
गुल्मीमा विद्यालय तहमा अध्ययनरत ४६ हजारभन्दा बढि विद्यार्थीको दृष्टि परीक्षण गरिएको छ । नेपाल नेत्र ज्योति संघ गुल्मीले यहाँका स्थानीय तहको सहकार्यमा ४६ हजार ५२० जना विद्यार्थीहरुको दृष्टि परीक्षण गरेको बताइएको छ ।
तिहारका लागि तयार हुँदै सयपत्री माला
घोराही उपमहानगरपालिका–१३ डुमरगाउँ निवासी इन्द्रा बुढालाई अहिले सयपत्रीको माला बुन्न भ्याइनभ्याइ छ ।
साफ फुटबलका खेलाडीलाई तिहारपछि पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
भारतीय फूल आयात हुँदा नेपाली व्यवसायी मर्कामा
नेपाल–भारत सीमावर्ती जिल्ला बाँकेका पुष्प व्यवसायी मर्कामा परेका छन् । भारतबाट आउने अवैध प्लाष्टिकजन्य फूलमाला र अन्य फूलका कारण सिमावर्ती जिल्ला बाँकेका पुष्प व्यवसायी मर्कामा परेका हुन् ।
मोटरसाइकलको स्वरुप परिवर्तनविरुद्ध अप्रेसन
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले मोटर साइकलको स्वरुप परिवर्तन गर्ने चालकविरुद्ध विशेष अप्रेसन सुरु गरेको जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
जिल्लाको जोगबुडा क्षेत्रको परशुराम नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । कञ्चनपुरसँग सिमा जोडिएको चुरे क्षेत्र परशुराम नगरपालिका –६ छेलाको तातोपानीमा मोटरसाइकल दुर्घटना हुँदा वडा ४ कटाल गाउँका २८ वर्षीय भुपेन्द्र भट्टको मृत्यु भएको हो ।
पहाडका घुम्तीमा रबिना बनिन् महिला ‘ड्राइभर’
बैतडीकी रुबी चन्द २० वर्षको उमेरमै सार्वजनिक सवारी साधन चलाउँने जिल्लाकै साहसी महिला ‘ड्राइभर’ बन्नु भएको छ । रुबीले सार्वजनिक सवारी हाँकेको देखेर सर्वसाधारण मात्रै होइन, ट्राफिक प्रहरीसमेत छक्क पर्ने गरेका छन् ।
मनै लोभ्याउने सयपत्री फूलखेती (फोटो फिचर)
मकवानपुरको मनहरी–७ रमौलीका किसान हरि शरण अर्यालको बारीमा मनै लोभ्याउने गरी गरिएको सयपत्री फूलखेती । कलकत्ते जातको सयपत्री फूलको खेती गर्नुभएका अर्याललाई अहिले फूल बिक्री गरेर भ्याइनभ्याइ छ ।
सेवा सुरु भएको नौ वर्षमा रणनीतिक अस्पतालको मान्यता
कालीकोट जिल्लाको रास्कोट सामुदायिक अस्पतालले सेवा सुरु गरेको नौ वर्षमा रणनीतिक अस्पतालको मान्यता पाएको छ ।