• ७ मंसिर २०८१, शुक्रबार

असनमा तिहारको किनमेल गर्ने सर्वसाधारणको भिड (फोटो फिचर)

blog

असनचोकमा किनमेल गर्दै सर्वसाधारण । तस्बिर:केशब गुरुङ

काठमाडौँ, कात्तिक १६ गते । काठमाडौँको पुरानो र निकै व्यस्त मध्येको एक बजार हो असन इन्द्रचोक । तिहारको तेस्रो दिन असन इन्द्रचोक लगायत बजारमा माला, रङ, ढाकाटोपी, पानमसला, लत्ताकपडा लगायतका सामान किन्न सर्वसाधारणको घुइँचो लागेको छ। कोही मखमली माला खोज्दै हिंडेको, कोही ढाकाटोपी खोज्दै हतारमा हिंडेको देखिन्थ्यो।

यमपञ्चक अन्तर्गत बुधबार काग तिहार र बिहीबार कुकुर तिहार तथा लक्ष्मीपूजा मनाइएको छ। शुक्रबार औंसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। शनिबार गोवर्धन पूजा, गाईगोरु पूजा, म्हपूजा र हलि तिहार परेको छ । 

कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मङ्गलबार सुरु भएको थियो। यो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइ विधिपूर्वक परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएपछि सकिन्छ। 



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।