दुईसय जनालाई खाद्यान्न तथा न्यानो कपडा
रुपन्देही व्यापार संघ बुटवलको रजत महोत्सवको अवसरमा बुटवलमा रहेको मानव सेवा आश्रम र रुपन्देही तिलोत्तमा नगरपालिकाको पश्चिम पहुनीमा रहेको मानव सेवा आश्रममा रहेका दुईसय जनालाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ ।
राष्ट्रपति पौडेलले गर्नुभयो गौरीघाट र कमलपोखरीमा छठ पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ छठ पर्व २०८१ का अवसरमा छठी माताको पूजा आराधना गर्नुभएको छ ।
किसानलाई धान भित्र्याउने चटारो
सिन्धुलीका किसानलाई यतिखेर धान भित्र्याउने चटारो छ । तिहारअघि काटेको धानबाली वर्षाका कारण खेतमा नै नोक्सान भएपछि मौसममा सुधार आउने बित्तिकै उनीहरूलाई धान भित्र्याउन चटारो परेको हो ।
असहाय बालकलाई कम्बल सहयोग
सदरमुकाम तौलिहवास्थित रहेको बालगृहका बालकलाई बुद्धभुमि नगरपालिकाले कम्बल सहयोग गरेको छ ।
दाङबाट आएको बस पोखरामा दुर्घटना, दुई घाइते
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २२, पुम्दीकोटमा बिहीबार दिउँसो भएको दुर्घटनामा दुई जना घाइते भएका छन्।
ठुलो केदार मेला प्रारम्भ
लगातार दश दिनसम्म चल्ने अछामको सबैभन्दा ठुलो केदारनाथ मेला यस वर्ष प्रारम्भ भएको छ । केदारनाथ देवताको पूजाआजासहित कार्तिक शुक्ल पञ्चमीदेखि चर्तुदशीसम्म मेला लाग्ने गर्छ ।
सुखड–भजनी सडकखण्ड कालोपत्रे भएन
कैलालीको सुखड–भजनी सडक खण्डका लागि दुई चरणमा टेण्डर भई सडक चौडा तथा कालोपत्रे गर्ने काम सम्पन्न पनि बिच खण्डमा पर्ने चारकिलो मिटर सडक कालोपत्रेका लागि छुटेको छ ।
‘डेंगु सङ्क्रमण बर्सेनि बढ्दै’
डेंगुको सङ्क्रमण बर्सेनि बढ्दै गइरहेको चिकित्सकले बताएका छन् । विगतको तथ्याङ्कका आधारमा हेर्दा बर्सेनि डेंगु सङ्क्रमण बढिरहेको उनीहरूको दाबी छ ।
एमाले इलामको जिल्ला प्रतिनिधि छनोट
आगामी कात्तिक २९ र ३० गते ११ औँ जिल्ला अधिवेशनका लागि नेकपा (एमाले) इलामले प्रतिनिधि छनौट सम्पन्न गरेको छ ।
भौतिक मन्त्रालयद्वारा निर्माण व्यवसायीलाई पाँच अर्ब पाँच करोड रकम भुक्तानी
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले भौतिक मन्त्रालयले पाँच अर्ब पाँच करोड रकम निर्माण व्यवसायीलाई भुक्तानी गरेको बताउनुभएको छ ।
छठमा सजिएको काठमाडौँ (फोटो फिचर)
छठ पर्वको मुख्य दिन आज (बिहीबार) साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइ पूजा आराधना गरिन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भगवान सूर्यको पूजा आराधना गरी मनाइने गरिन्छ ।
राष्ट्रपतिमा ट्रम्प : विश्व सम्बन्धमा नयाँपन आउन सक्छ
अमेरिकाको नयाँ राष्ट्रपतिमा डोनाल्ड जे ट्रम्पको पुनरागमनले विश्व शक्तिहरूको सम्बन्धमा परिवर्तन ल्याउने सम्भावना बढेको छ ।
टिकटक सूचीकृत
सामाजिक सञ्जाल एवं भिडियो प्लेटफर्म टिकटक औपचारिक रूपमै नेपालमा सूचीकृत भएको छ ।
संरक्षणको पखाईमा राजा ताल
चौबिसे गाउँपालिका धनकुटाको राजारानीमा रहेको रानी ताल यस क्षेत्रको प्रमुख गन्तब्य हो । गाउँपालिकाको वडा ६ स्थित राजारानी बजारको पूर्वमा निजी स्वामित्वमा रहेको करिव एकसय ५० रोपनी क्षेत्रफलको यो ताल पर्यटकको गन्तव्य बनेको छ ।
वैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी पूरा
वैकुण्ठधाम सिधनियाघाट निर्माण सहयोगार्थ नेपालगन्जमा सञ्चालन हुन लागेको वैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
कांग्रेसद्वारा उपनिर्वाचनका लागि जिम्मेवारी निर्धारण
नेपाली कांग्रेसले आगामी मंसिर १६ मा स्थानीय तहका विभिन्न पदहरुका लागि हुने उपनिर्वाचनको तयारी सम्बन्धमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन पार्टीका पदाधिकारी र सदस्यलाई विभिन्न जिम्मेवारी निर्धारण गरेको छ ।
जनकपुरधाममा छठ पर्वको रौनक (फोटो फिचर)
ऐतिहासिक तथा धार्मिक सहर जनकपुरधाममा यतिबेला छठ पर्वको रौनक छाएको छ। पानीमा उभिएर सूर्यको उपासना गर्ने महानपर्व छठको अवसरमा जनकपुरधामका पोखरी दुलही झैं सजिएका छन्। दिपावली सकिए लगत्तै छठ सुरु हुने हुँदा जनकपुरधामका पोखरीहरु सजाइएएको छ।
दुर्घटनामा परी एक जनाको मृत्यु
नेपालगन्जमा भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
रुखबाट खसेर वृद्धको मृत्यु
सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर बुढाथोकी रुखबाट खसेर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७२ वर्षीय छत्रबहादुर कार्कीको रुखबाट लडेर मृत्यु भएको हो ।
३४५ महिलालाई तिहारमा निःशुल्क यातायात सेवा
खोटाङमा युवाहरूको समूहले तिहारमा माइती जाने महिलालाई निःशुल्क यातायात सेवा दिएका छन् ।
चौधरीको 'नयाँ वनपाले' सर्वोत्कृष्ट
नेपाल बाल साहित्य समाजले २०७९ सालको ८ वर्ष मुनिका लागि नयाँ बनपाले (चित्रकथा) लाई सर्वोत्कृष्ट कृति घोषणा गरेको छ।
गैर सरकारी महासङ्घ ताप्लेजुङमा सुवेदी
ताप्लेजुङस्थित गैर सरकारी संस्था महासङ्घ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । सदरमुकाम फुङ्लिङमा बुधबार सम्पन्न सातौँ जिल्ला अधिवेशनले खड्गविक्रम सुवेदी अध्यक्ष रहेको १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुुख
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।
टिकटक औपचारिकरूपमा नेपालमा सूचीकृत
सामाजिक सञ्जाल टिकटक नेपालमा पहिलो पटक आधिकारिक रूपमा सूचीकृत भएको छ ।