‘युवाहरू महत्त्वाकाङ्क्षी भएर बिदेसिँदै छन्’
वैदेशिक रोजगारमा जाने ९० प्रतिशत युवाहरू महत्त्वाकाङ्क्षी कारण जाने गरेको सरोकारवालाले बताएका छन् । पाल्पामा भएको युवासँग नेतृत्व विषयक खुला बहसमा यस्तो बताएका हुन् ।
बारीबाटै सयपत्री बिक्री हुँदा कृषक उत्साहित
यस पटक तिहारमा सयपत्री बारीबाटै बिक्री भएपछि यहाँका कृषक उत्साहित भएका छन् । गत वर्ष तिहारमा प्लास्टिकका माला भारतबाट ल्याएर बिक्री बढी भएपछि स्थानीय कृषक चिन्तामा परेका थिए ।
विश्वको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालले सहरीकरणमा भोगिरहेको समस्या समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल भएको बताउनुभएको छ ।
निस्दी र मणिमुकुन्दबिच उपाधिका लागि प्रतिस्पर्धा हुने
मण्डली कपका लागि निस्दी भलिबल क्लब र मणिमुकुन्द भलिबल क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । कात्तिक २१ गतेदेखि पाल्पाको पूर्वखोला–१, सिलुवामा जारी आठौँ मण्डली कपको उपाधिका लागि यी दुई क्लबबिच शनिबार प्रतिस्पर्धा हुँदैछ ।
दुर्गममा बसेर दश कृति प्रकाशन
साहित्यकार कर्ण दयाल ‘सोराडी’ ले दुर्गममा बसेर पनि १० वटा साहित्यिक कृति प्रकाशन गर्नु भएको छ । पछिल्लो कृतिका रूपमा उहाँले ‘दोपानी’ लघुकथा सङ्ग्रह बजारमा ल्याउनुभएको हो ।
कला प्रदर्शनीमा रमाउँदै विद्यार्थी
बिहीबारदेखि नेपालगन्जमा सञ्चालन भएको वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीको ‘श्यामानन्द वृहत् एकल कला प्रदर्शनी’ को अवलोकन गर्न आएका विद्यार्थी रमाएका छन् ।
कविडाँडा आख्यान पुरस्कार प्रा. कृष्ण गौतमलाई
कविडाँडा आख्यान पुरस्कार २०८० आख्यानकार प्राध्यापक कृष्ण गौतमलाई प्रदान गरिएको छ । कविडाँडा साहित्य समाज चितवनले शनिबार सौराहामा आयोजना गरेको पुरस्कार अर्पण समारोहमा प्रा. गौतमको अद्धैत उपन्यासका लागि सो पुरस्कार प्रदान गरिएको हो ।
‘गणेशमानको आदर्श पछ्याउन जरुरी’
नेपाली कांग्रेसका संस्थापक नेता तथा जनआन्दोलन २०४६ का सर्वोच्च कमान्डर लौहपुरुष गणेशमान सिंहले देखाएको आदर्शलाई पछ्याउन जरुरी रहेको वक्ताहरूले बताएका छन् ।
डिपो बस्तीले घेरिँदा उच्च जोखिम
कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरस्थित नेपाल आयल निगमको इन्धन डिपो सार्न नमिल्दा उच्च जोखिममा रहेको छ ।
निजामती कर्मचारी ‘परीक्षामा अब्बल, काममा दुर्बल’
परीक्षामा शतप्रतिशत सफलता हासिल गर्ने निजामती कर्मचारीको कार्यसम्पादनबाट सरकारको काममा अपेक्षाकृत परिणाम भने आउन सकेको छैन ।
पाठ्यपुस्तकको त्रुटि सच्याउन ध्यानाकर्षण
विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटि सच्याउन अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रलाई ध्यानाकर्षण गराएको छ ।विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठ भेटेर शुक्रबार अनेरास्ववियुले ध्यानाकर्षण गराएको हो ।
नयाँ गीत ‘कुनै दिन त’ सार्वजनिक
युवा पुस्ताका लोकप्रिय गायक नारायण थापाको स्वरमा सजिएको नयाँ गीत ‘कुनै दिन त’ सार्वजनिक भएको छ । चर्चित गीतकार डा. कृष्णहरि बरालको शव्द रचना रहेको उक्त गीत शुक्रवार आभूषण इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको हो ।
चिच्याएर वर माग्ने मेलाको तयारी
पाल्पाको तिनाउ गाउँपालिका –४ सत्यवतीमा चिच्याएर वर माग्ने मेलाको तयारी सुरु भएको छ । सत्यवती मन्दिरमा कात्तिक पूर्णिमाको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको मेला कात्तिक २७ देखि ३० गतेसम्म सञ्चालन हुने भएको छ ।
‘नेपालको पूर्वाधार विकासमा सहयोग गर्छौं’
नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्न चीन सरकार तयार रहेको बताउनुभएको छ।
नारायणगढ-मुग्लिन सडक दुर्घटना : मृतक पाँचै जनाको सनाखत
भरतपुर महानगर पालिका वडा नम्बर २९ सत्र किलोमा शुक्रबार बिहान विद्युतीय गाडी र बस ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा एक गम्भीर घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सुर्खेत–दैलेख सडकमा गाडी दुर्घटना : चार जनाको मृत्यु २५ घाइते
सुर्खेत–दैलेख सिमानास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।
फेदापलाई भलिबल प्रतियोगिताको उपाधि
पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ र ७ को सिमामा पर्ने वसाँगुमा आयोजित द्वितीय मेला खुल्ला अन्तरपालिका भलिवल प्रतियोगिताको उपाधि फेदायप गाउँपालिका तेह«थुमले जितेको छ ।
एमाले रेसुङगाको अध्यक्षमा पाण्डे
नेपाल कम्युनिष्ट पार्टी (एमाले) रेसुङगा नगर कमिटीको अध्यक्षमा राजेन्द्र पाण्डे निर्वाचित हुनुभएको छ । बिहीबार राति सम्पन्न दोस्रो नगर अधिवेशनबाट उहाँ सर्वसम्मत निर्वाचित भएको एमाले गुल्मीले जनाएको छ ।
अधिकारी, राई र रसाइली पुरस्कृत
गीतकार दिनेश अधिकारी, सङ्गीतकार अशोक राई (भारत) र गायक अर्जुन रसाइली (अमेरिका) लाई यस वर्षको अम्बर गुरुङ स्मृति पुरस्कार प्रदान गरिएको छ ।
द्वन्द्वकालीन घटनाका उजुरीमा पीडितको भनाइ सुन्नुपर्ने
द्वन्द्वकालीन घटनासँग सम्बन्धित उजुरीलाई तामेलीमा राख्नुपर्ने अवस्था आएमा पीडित पक्षलाई अनिवार्य रूपमा आफ्नो भनाइ राख्ने मौका दिन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
सकियो ‘कोप–२९’ को तयारी
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा नेपालको प्रतिनिधित्व राष्ट्रपति रामचन्द्र पौडेलसहितको नेपाली प्रतिनिधिमण्डलले गर्ने भएको छ ।
बिपी राजमार्गमा घण्टौँको जाम अनि कष्टकर यात्रा
असोजको दोस्रो साता परेको वर्षाका कारण बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गमा यात्रुहरू कष्टकर यात्रा गरिरहेका छन् ।
दाङमा खाद्यले किसानसँग धान खरिद गर्दै
दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले धान गरिद गर्न सुरु गरेको छ । खाद्यले बुधवारदेखि देउखुरीको गढवा गाउँपालिकाबाट यो बर्ष धान खरिद गर्न सुरु गरेको हो ।
दुईसय जनालाई खाद्यान्न तथा न्यानो कपडा
रुपन्देही व्यापार संघ बुटवलको रजत महोत्सवको अवसरमा बुटवलमा रहेको मानव सेवा आश्रम र रुपन्देही तिलोत्तमा नगरपालिकाको पश्चिम पहुनीमा रहेको मानव सेवा आश्रममा रहेका दुईसय जनालाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ ।