• ७ मंसिर २०८१, शुक्रबार

दुईसय जनालाई खाद्यान्न तथा न्यानो कपडा

blog

आश्रममा रहेकाहरुलाई खाद्यान्न तथा कपडा वितरण गरिदै । तस्वीरः छविलाल पाण्डे ।

छविलाल पाण्डे 

बुटवल, कात्तिक २२ गते । रुपन्देही व्यापार संघ बुटवलको रजत महोत्सवको अवसरमा बुटवलमा रहेको मानव सेवा आश्रम र रुपन्देही तिलोत्तमा नगरपालिकाको पश्चिम पहुनीमा रहेको मानव सेवा आश्रममा रहेका दुईसय जनालाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ । 

तिलोत्तमाको पश्चिम पहुनीमा रहेको मानवसेवा आश्रममा आयोजित खाद्यान्न तथा न्यानो कपडा वितरण कार्यक्रमको शुभारम्भ तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले गर्नुभयो ।  

सो अवसरमा बोल्दै नगर प्रमुख खाँणले खस्कँदो आर्थिक अवस्थामा पनि आर्थिक सहयोगको झोला बोकेर संघ संस्थाहरु समाजमा सक्रिय रहेको हुँदा त्यसमा सहयोगी बनेर स्थानीय सरकार सबै साथमा रहने प्रतिवद्धता जनाउनुभयो । 

कार्यक्रममा संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डेले मानव सेवा आश्रम सञ्चालनका लागि यसभन्दा अघि भएको कामको स्मरण गर्दै आश्रममा रहेर जीवन विताउँदै गरेका दिनदुःखीलाई सेवा गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्नुभयो । 

संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले संघले सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रकारका कार्यक्रम आयोजना गरिदै आएको उल्लखे गर्दै भोलिका दिनमा पनि मानव सेवा आश्रममा जोडिएर काम गर्ने प्रतिवद्धता जनाउनुभयो । 

संघका महासचिव फर्सुराम पन्थको सञ्चालन तथा कार्यक्रम संयोजक अर्जुन भट्टराईको स्वागतमा भएको कार्यक्रममा फेन्सी थोक वस्तुगत समिति, थान कपडा वस्तुगत समिति, व्याग वस्तुगत समिति र न्यूशीख होजियारी उद्योगको सहयोग र सहकार्य रहेको थियो । 

संघ स्थापना भएको २५ बर्ष पुगेको अवसरमा रुपन्देही व्यापार संघले साताव्यापी कार्यक्रम गरिरहेको छ । रजत महोत्सव अन्तर्गतको मूल कार्यक्रम कात्तिक २८ गते मंगलबार आयोजना गरिनेछ ।