• १२ पुस २०८१, शुक्रबार

कविडाँडा आख्यान पुरस्कार प्रा. कृष्ण गौतमलाई

blog

कविडाँडा आख्यान पुरस्कार २०८० आख्यानकार प्राध्यापक कृष्ण गौतमलाई प्रदान गरिँदै । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली
नारायणगढ, कात्तिक २४ गते । 
कविडाँडा आख्यान पुरस्कार २०८० आख्यानकार प्राध्यापक कृष्ण गौतमलाई प्रदान गरिएको छ । कविडाँडा साहित्य समाज चितवनले शनिबार सौराहामा आयोजना गरेको पुरस्कार अर्पण समारोहमा प्रा. गौतमको अद्धैत उपन्यासका लागि सो पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा समाजका अध्यक्ष एल वि क्षेत्रीले पुरस्कृत श्रष्टालाई दोसल्ला ओढाइ सम्मान पत्र र नगद पुरस्कारले सम्मान गर्नुभएको हो ।

पुरस्कारको राशि एक लाख २५ हजार रुपियाँ रहेको छ । साहित्यका क्षेत्रमा चितवनमा स्थापित आख्यान पुरस्कारको राशि यो नै बढी हो ।

सो अवसरमा बोल्दै अध्यक्ष क्षेत्रीले अद्धेत उपन्यासले समाजमा दिन खोजेको सन्देशका बारेमा चर्चा गर्नुभएको थियो ।

समीक्षक डा. एक नारायण पौडेलले अद्धेत उपन्यास माथि समीक्षा गर्दै अद्धेत वर्षभरिकै उत्कृष्ट आख्यान भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै लेखक प्रा. गौतमले सम्मानले आफूलाई नयाँ पुस्तकको सृजनामा थप प्रेरणा जागेको बताउनुभयो ।

कार्यक्रममा समीक्षक महेश पौडेलले पनि उपन्यास माथि बोल्नु भएको थियो । प्रा. गौतमको उपन्यास अद्धेतलाई यस अघि पद्मश्री पुरस्कारबाट सम्मान गरिएको छ ।