• ९ असार २०८२, सोमबार

एकीकृत समाजवादी स्याङ्जाको अध्यक्षमा कार्की

blog

नेकपा (एकीकृत समाजवादी) स्याङ्जाको नवौं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले 
स्याङ्जा, असार ९ गते ।
नेकपा (एकीकृत समाजवादी) स्याङ्जाको नवौं अधिवेशनबाट शंकरध्वज कार्कीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला समिती चयन भएका छन् ।

दुई दिनसम्म चलेको अधिवेशनमा आकाङ्क्षीहरुका बिचमा छलफल गरी कार्कीको अध्यक्षतामा सात जना पदाधिकारीसहित निर्विरोध समिती गठन भएको हो ।

समितीको बरिष्ठ उपाध्यक्षमा भोजराज सापकोटा (सन्तोष), उपाध्यक्षमा गोपाल अर्याल सचिवमा नारायण तिवारी, उपसचिवमा शिव भट्टराई, मोहन गिरी, सन्तोष भण्डारी रहनु भएको थियो ।

अधिवेशनमा १० जना पार्टी सदस्य बराबर एक जना प्रतिनिधि रहने गरी छनोट भएको २७५ जना पालिकाबाट प्रतिनिधि रहभागी भएका थिए । अधिवेशनको उद्घाटन पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व मन्त्री राजेन्द्रप्रसाद पाण्डेले गर्नुभएको थियो ।