दोलखा विद्यावारिधि फोरम गठन हुने
दोलखाबाट विद्यावारिधि गरेका व्यक्तिहरूको सञ्जाल ‘दोलखा विद्यावारिधि फोरम’ गठन हुने भएको छ ।
उत्तरबाहिनीमा धार्मिक महोत्सव
स्याङ्जाको कालीगण्डकी उत्तरबाहिनीमा धार्मिक महोत्सव सुरु भएको छ । मातापिताप्रतिको सम्मान र सेवाभाव बढाउन तथा धार्मिक पर्यटनलाई प्रवर्धन गर्न महोत्सव गरिएको हो ।
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बाल्छन् र आफ्ना पदचिह्न छाड्छन्’ भन्ने आहानलाई कायम राख्न आग्रह गर्नुभएको छ ।
भारतमा गएर पढ्नुपर्ने विद्यार्थीको बाध्यता
भारतसँग सीमा जोडिएको बाँकेको डुडुवा गाउँपालिकाको वडा १ बार्डर चौफेरीमा विद्यालय नहुँदा त्यहाँका बालबालिका नाकापारी भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ ।
कांग्रेस नेता महरलाई मातृ शोक
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई मातृशोक परेको छ । महरका आमा ललितादेवी महरको ९६ वर्षको उमेरमा आज निधन भएको छ ।
उपभोक्ता झुक्याउँदै व्यापारी
टीकापुर नगरपालिकाले गरेको बजार अनुगमनमा नयाँ खाले समस्या देखिएको छ । व्यापारीहरूले वर्षौँ पुराना सामान बिक्री स्थलमा राखेको तर केही लेबल मेटाएर सामग्री बिक्रीका लागि राखेको भेटिएको छ ।
१०६ युनिट रगत सङ्कलन
रगतको अभाव भएको गुनासो आइरहँदा स्याङ्जाको भिरकोटमा १०६ युनिट रगत सङ्कलन भएको छ । नेपाल तरुण दलले ७२ औँ स्थापना दिवसको अवसरमा गरेको खुला रक्तदान कार्यक्रममा सो रगत सङ्कलन भएको हो ।
प्लास्टिकको फूलमाला बिक्रीमा रोक
प्युठानको तीन स्थानीय तहले चाडपर्वको समयमा प्लास्टिकजन्य फूलमालाको बिक्री वितरणमा रोक लगाएका छन् ।
आयुश र अनिशालाई ‘राप्तीसोनारी रन’को उपाधि
दसौँ धारा नेपालगन्ज म्याराथनको प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार आयोजना गरिएको राप्तीसोनारी ५ किलोमिटर रनको उपाधि आयुस केसी र अनिशा थारुले जित्नुभएको छ ।
जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्ने बताउनुभएको छ ।शनिबार वन तथा वातावरण मन्त्रालयले काठमाडौँमा आयोजना गरेको जलवायु राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
हत्या आरोपी डेढ वर्षपछि पक्राउ
सर्लाहीको हरिपूर्वामा एक भारतीय युवकको बीभत्स ढङ्गले हत्यागरी फरार रहेका युवक डेढ वर्षपछि पक्राउ परेका छन् ।
गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी
राप्तीसोनारी गाउँपालिका–७ का स्थानीय सर्वसाधारण गाउँमै निःशुल्क रूपमा स्वास्थ्य सेवा पाउँदा खुसी भएका छन् ।
गर्रा नाँच प्रदर्शनमा युवाहरु
वीरेन्द्रनगर सुर्खेत–१२ पिपिरामा गर्रा नाच प्रदर्शन गर्दै सांस्कृतिक जनजागरण युवा क्लब चिङगाड–२ का युवाहरू ।
चक्रवात ‘दाना’ को आंशिक प्रभाव नेपालमा
देशभर पश्चिमी वायुका साथै बङ्गालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव नेपालमा समेत परेको छ ।
गल्याङमा सुविधा सम्पन्न भवन
स्याङ्जाको गल्याङमा सुविधा सम्पन्न अस्पताल भवन निर्माण भएको छ । भारत सरकारको सहयोगमा निर्माण भएको भवनमा गल्याङ नगरपालिकाले १५ शय्याको नगर अस्पताल सञ्चलनमा गर्दैआएको छ ।
जातीय पोसाकमा सजिएर कौरामा रमाए विदेशी पर्यटक
तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक जातीय पोसाकमा सजिएर कौरामा रमाएका छन् । विभिन्न देशबाट बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकले विभिन्न जातजातिका पोसाकमा सजिएर कौरा र चुड्कामा नाचेका हुन् ।
एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’
साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको ‘मुन्दुम ट्रेल’ पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा पर्दछ । नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग करिब एक सय सात किलोमिटर लामो दूरीको छ ।
समृद्धिको दिशामा सरकार
सत्ता साझेदार दलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सुशासन र विकासको दिशामा अघि बढाउन महत्वपूर्ण कदम अघि बढाएको निष्कर्ष निकालेको छ ।
ज्योतिपुञ्ज कपको फाइनलमा गन्नी र युनाईटेड
पोखरा पाल्पामा जारी दोस्रो ज्योतिपुञ्ज कपको फाइनलमा गन्नी फुटबल क्लब पोखरा र युनाईटेड युथ क्लब नवलपुरले प्रतिस्पर्धा गर्ने भएका छन् ।
पूर्व मुख्यमन्त्री शाहीलाई २५ किलोको माला
हुम्लाको ताजाकोट गाउँपालिकाले कर्णाली प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई २५ केजीको मालाले स्वागत गरेको छ ।
हिनामिना गरेको आरोपमा हत्या
कपिलबस्तुमा चन्दा संकलनको रकम हिनामिना गरेको आरोपमा एक समूहले आफ्नै सहकर्मीको हत्या गरेको खुलेको छ ।
कृतिम फूलको माला आयातमा रोक
धनकुटामा प्लास्टिक तथा कृत्रिम प्रकारका फूल बिक्रीमा बन्देज लगाइएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा आयोजित सर्वपक्षीय भेलाले उक्त निर्णय गरेको हो ।
पत्रकार कुइँकेल सम्मानित
राष्ट्रिय मानवअधिकार रक्षक पुरस्कारबाट पत्रकार एवं मानव अधिकारवादी राजन कुइँकेल सम्मानित भएका छन् । लुम्बिनी वर्ल्ड पिस फोरमले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पत्रकार कुईंकेललाई पुरस्कृत गरिएको हो ।
‘सरकार सही दिशातर्फ उन्मुख छ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार गठनको सय दिनमा ७० प्रतिशत कार्य सम्पादन गर्नुले सरकार सही दिशातर्फ अघि बढेको बताउनुभयो ।