गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १० गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई मातृशोक परेको छ । महरका आमा ललितादेवी महरको ९६ वर्षको उमेरमा आज निधन भएको छ ।
नेता महरका आमा ललितादेवीको डडेलधुरा उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा दिउँसो २ः३० बजे निधन भएको हो । नेता महरका ५ जना दाजुभाइ हुनुहुन्छ । शवयात्रा आइतबार बिहान ५ बजेदेखि भागेश्वोर–३ लामिकाण्डेस्थित महर निवासदेखि प्रारम्भ हुने पारिवारिक सदस्यहरूको भनाइ छ । स्वर्गीय महरको अन्तिम संस्कार गर्गक्षेत्र (गैरीवागर) डडेलधुरामा हुने बताइएको छ ।