अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक १० गते । रगतको अभाव भएको गुनासो आइरहँदा स्याङ्जाको भिरकोटमा १०६ युनिट रगत सङ्कलन भएको छ । नेपाल तरुण दलले ७२ औँ स्थापना दिवसको अवसरमा गरेको खुला रक्तदान कार्यक्रममा सो रगत सङ्कलन भएको हो ।
डेङ्गु महामारीका कारण जिल्लामा रगत अभाव भएको भन्दै रक्तसञ्चार केन्द्र स्याङ्जाले अनुरोधमा गरेपछि रक्तदान कार्यक्रम गरिएको नेपाल तरुण दल स्याङ्जा क्षेत्र नं २ का अध्यक्ष दीपेन्द्र केसीले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो । रक्तदानले जिल्लामा रगत अभावलाई केही मात्रामा कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।