• २७ पुस २०८१, शनिबार

दुई लाख मूल्य बराबरको पटका नष्ट

blog

प्रहरीले नियन्त्रणमा लिएको पट्का ।

लीलाधर वली

घोराही, कात्तिक १४ गते । दाङमा प्रहरीले दुई लाख रुपियाँ बराबरको पटका नष्ट गरेको छ । चाडपर्वको समयमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले तुलसीपुर बजार क्षेत्रबाट पटका नियन्त्रणमा लिएर नष्ट गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिनुभयो ।  

प्रवक्ता थापाका अनुसार तुलसीपुर बजार र प्रहरी पोस्ट दमार गाउँले चेकजाँच गर्ने क्रममा बाँकेबाट तुलसीपुरतर्फ ल्याउँदै गरेको पटका इलाका प्रहरी कार्यालय तुलसीपुरले नष्ट गरेको हो । 

रमाइलोको नाममा पटका पड्काउँदा अङ्गभङ्ग वा मृत्यु समेत हुन सक्ने खतरालाई मध्यनजर गर्दै प्रहरीले पट्का बिक्री वितरणमा रोक लगाएको भन्दै प्रवक्ता थापाले भन्नुभयो, ‘रोक लगाउँदा पनि भेटिएको पटका नियन्त्रणमा लिएर नष्ट गरेका छौ ।’ प्रहरीले उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको उपस्थितिमा पटका नष्ट गरेको थियो ।

पटकाहरू पड्काउँदा शरीरमा चोट पटकसँगै आगलागी हुन सक्ने जोखिम भएकाले जिल्ला प्रशासन कार्यालय दाङले बिक्री वितरण नगर्न व्यवसायीलाई निर्देशन दिएको छ ।