• २७ पुस २०८१, शनिबार

फूलको बजारीकरण गर्न पुष्प प्रर्दशनी

blog

अमरराज नहर्की

तनहुँ, कात्तिक १४ गते । किसानले उत्पादन गरको फूलको बजारीकरणका लागि तनहुँको आँबुखैरेनी गाउँपालिकाले पुष्प प्रदर्शनी गरेको छ । ‘प्राकृतिक फूलमाला प्रयोग गरौं, स्थानीय उत्पादनलाई प्रोत्साहन गरौं’ भन्ने नाराका साथ तिहारको उपलक्ष्यमा गाउँपालिकाद्वारा  आँबुखैरेनी बजारमा बुधबारबाट पुष्प प्रर्दशनी गरिएको हो ।

तिहार नै मुख्य रुपमा फूल बिक्री गर्ने समय भएको सो अवधिभरको लागि पर्दशनी गरिएको गाउँपालिकाले जनाएको छ । प्रदर्शनीमा गाउँपालिकाले फूल र मालाको मूल्य निर्धारण गरेको छ । आँबुखैरेनी गाउँपालिकाको कृषि शाखाका प्रमुख सन्तोष केसीले आकर्षण एक मिटर मालाको प्रति माला एक सय ५० रुपियाँ कायम गरिएको छ ।

साधारण मालाको एक सय रुपियाँ कायम गरिएको छ । फूल प्रति किलो तीन सय ५० रुपियाँ कायम गरिएको छ । एक किलो फुलले ४ देखि ५ वटा माला बनाउन सकिन्छ ।