गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १४ गते । राष्ट्रिय मानव अधिकार आयोगले तिहार तथा छठ बिदामा आयोग अन्तर्गतका कार्यालय खुला रहने जनाएको छ । आयोगले विज्ञप्ति जारी गर्दै केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय तिहार र छठ बिदामा बिहान ११ देखि दिउँसो २ बजेसम्म खुला रहने छन् ।
आयोगले आमनागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको हो । यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्ने छ ।