काठमाडौँ, असार ९ गते । काठमाडौँको तारकेश्वर नगरपालिका–२ स्थित काभ्रेस्थलीमा अवस्थित शान्तिधाम धार्मिक तथा पर्यटकीय दृष्टिले उल्लेखनीय स्थलको रूपमा परिचित बन्दै गएको छ ।
हरियालीले ढाकिएको शान्त वातावरण, आध्यात्मिक ऊर्जा र प्राकृतिक सुन्दरताले भरिपूर्ण यो स्थलमा दैनिक श्रद्धालु एवं आन्तरिक पर्यटकको आगमन बढ्दो क्रममा छ।
शान्तिधामलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिएको छ, जहाँ विभिन्न देवी–देवताको पूजा–आराधना गरिने मन्दिरहरू छन् । साथै, शान्त ध्यान तथा साधनाका लागि उपयुक्त स्थलका रूपमा समेत यसलाई चिनिँदै आएको छ।