• २७ पुस २०८१, शनिबार

साँझ ९ बजेपछि देउँसी–भैलो खेल्न रोक

blog

मीना कंडेल

कावासोती, कात्तिक १४ गते ।  हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार मगंलबारदेखि विधिवत् रुपमा सुरु भएको छ । आज बुधबार काग तिहार यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । 

कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो खान दिइ खुसी पार्ने चलन छ । यमपञ्चकका अवसरमा यमदीप दान गरे यम यातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । 

यस वर्ष तीथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । त्यस दिनदेखि गाउँघरमा देउँसी खेल्ने चलन रहेको बताइएको छ । नवलपुरमा राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाइएको छ । 

जिल्ला प्रशासन कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै राति ९ बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माद्वारा जारी सूचनामा जुवातास, लङ्गुरबुर्जा र कौडा सट्टेबाजीजस्ता कानुनी रूपमा निषेध गरिएका खेलहरू नगर्न आग्रह गरिएको छ । 

मदिरा सेवनगरी सार्वजनिक स्थानमा होहल्ला र झगडा नगर्न साथै, पटका, आतसबाजी र अन्य विस्फोटक पदार्थको ओसारपसार, बिक्री र प्रयोग नगर्न समेत अनुरोध गरिएको छ । सूचनामा उल्लिखित नियमहरू नमान्ने व्यक्तिलाई कानुनअनुसार कारबाही गरिने जनाइएको छ ।