भावना जोशी
अत्तरिया, कात्तिक १४ गते । लागूऔषध गाँजासहित प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । गाँजा र चार सुल्पासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ पर्नेमा जानकी गाउँपालिका –७ बस्ने २२ वर्षीय विक्रम विश्वकर्मा, १९ वर्षीय प्रविन सिंह, २१ वर्षीय वीरेन्द्र विक, २१ वर्षीय रिजन विश्वकर्मा, २२ वर्षीय राहुल विक रहेको प्रहरीको भनाइ छ ।
यस्तै, बर्दगोरिया गाउँपालिका –४ बौनिया बस्ने १९ वर्षीय हेमन्त तिरुवा, २६ वर्षीय तेजश विश्वकर्मा र २५ वर्षीय बिर्जु विश्वकर्मा रहेका छन् । पक्राउ सबै जनालाई जानकी गाउँपालिका–७ मोतिनगरस्थित सडक छेउमा भत्केको पुरानो घरको कोठाभित्र सामुहिक रुपमा गाँजा सेवन गरिरहेको अवस्थामा ४ वटा सुल्पा र ८० ग्राम गाँजासहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।