रविको मुद्दामा आदेश लेखन हुँदै, बाहिर कडा सुरक्षा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा थुनछेक बहसका अरु प्रक्रिया सकिएपछि आदेश लेखन हुँदै गरेको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो ।
जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका विकासका चाहना पूरा गर्न उनीहरूले अनुभूत गर्नेगरी सरकार काममा जुटेको बताउनुभएको छ ।
नौ हजार किशोरीलाई एचपिभी खोप
इलाममा महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । आगामी माघ २७ देखि फागुन २ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई यो खोप दिइन लागेको हो ।
प्याब्सन इलाममा पहिलो महिला नेतृत्व
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) इलामको अध्यक्षमा नुनुमा राई चयन हुनुुभएको छ । राईलाई चयन गरेसँगै प्याब्सन इलामले पहिलो पटक महिला नेतृत्व पाएको हो ।
थारू गाउँमा माघका लागि ‘जिता’ अभाव
कैलालीको थारू बस्तीमा माघ (माघी) पर्वका लागि जिता अभाव देखिएको छ । पहिलेको तुलनामा गाउँघरमा सुङ्गुर, बङ्गुर कम रहेकाले पर्वका लागि जिता अभाव भएको बरघरहरुको भनाइ छ ।
नेपाली वस्तु निर्यात गर्दा बिआइएस प्रमाणपत्र लिनु नपर्ने प्रस्ताव राख्न निजी क्षेत्रको माग
नेपाल-भारत वाणिज्य सचिवस्तरीय संयन्त्रको बैठकमा नेपाली निर्यातकर्ताले भारतमा नेपाली वस्तु निर्यात गर्दा बिआइएस प्रमाणपत्र लिनु नपर्ने प्रस्ताव राख्न निजी क्षेत्रले माग गरेको छ ।
पोखराका तालहरूमा ५३ प्रजातिका जलपंक्षी
तालैतालको सहरका रुपमा चासो र चर्चा कमाएको पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौ वटा तालमा गरिएको जलपंक्षी गणनामा ५३ प्रजातिका जलपंक्षी फेला परेका छन् ।
डल्लपमा रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान
कैलालीमा ट्राफिक प्रहरीले डल्लप (गोरुगाडा) मा टल्किने रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान सुरु गरेको छ । डल्लपका कारण राति हुने दुर्घटना न्यूनीकरणका लागि प्रहरीले डल्लपको अगाडि पछाडिको भागमा स्टिकर टाँस्ने अभियान सुरु गरेको हो । विशेष गरेर जिल्लाको ग्रामीण क्षेत्रमा यो अभियान थालिएको छ ।
जोशीलाई रिहा गर्न अपिल
नेपाल सरकारले इजरायल आक्रमणका क्रममा हमास समूहले बन्दी बनाएका नेपाली नागरिक विपिन जोशीलाई रिहा गर्न फेरि अपिल गरेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा
थामी समुदायले भूकम्प प्रतिरोधी आवास पाउँदै
ढिलै भए पनि दोलखाको उत्तरी बिगु गाउँपालिका–८, थामीचागुका भूकम्पपीडित सीमान्तकृत थामी समुदायका करिब ५० परिवारले भूकम्प प्रतिरोधी पक्की निजी आवास पाउने भएका छन् ।
विद्यार्थीको मूल्याङ्कन अब घरायसी कामबाट
विद्यालय तहका विद्यार्थीको मूल्याङ्कन घरायसी कामबाट गर्न पाठ्यक्रम विकास केन्द्रले सैद्धान्तिक सहमति पाएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको
भुक्तानी प्रक्रिया सहज बनाउन निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण क्षेत्र सम्बद्ध व्यवसायीको केही रकम भुक्तानी गरिसकिएको र बाँकी रकम भुक्तानी प्रक्रियालाई सहज बनाउने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभएको छ ।
लाइसेन्स आवेदन ‘इडिएल’ प्रणालीमा
श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदनका लागि ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ (इडिएल) प्रणाली लागु गर्दै छ । जसमा निरोगिताको प्रमाणपत्र र बायोमेट्रिकका लागि लाममा बस्नुु पर्दैन । भुक्तनीदेखि लाइसेन्स आवेदनका सबै प्रव्रिmया अनलाइनबाटै गरिने छ ।
भएन ऐन कार्यान्वयन,बढ्यो प्रदूषण
सरकारले २० वर्ष पूरा भएका सार्वजनिक सवारीसाधनलाई पत्रु बनाउन ल्याएको ऐन कार्यान्वयन नहुँदा सवारी दुर्घटना मात्र होइन, वातावरण प्रदूषण पनि उत्तिकै बढेको छ । सरकारी निकायले २० बर्से पु
खुम्बुमा निरन्तर भूकम्पको परकम्प
सोलुखुम्बुको खुम्बु क्षेत्रमा पटक–पटक भूकम्पका परकम्प गएको छ । मङ्गलबार गएको ठूलो भूकम्पपछि खुम्बु क्षेत्रमा साना परकम्प निरन्तर गइरहेका छन् ।
दिदीबहिनी मृत अवस्थामा फेला
सल्यानमा दिदी बहिनी मृत फेला परेका छन्। आज बिहान आमासँगै रहेका दिदीबहिनी घरमै मृत भेटिएका हुन्। वनगाड कुपिण्डे नगरपालिका ११ सिस्नेपातलका टेकमान राना र पूर्णिमा रानाका छोरी ३ वर्षीया करिष्मा र ६ महिनाकी राघवी मृत भेटिएका हुन्।
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
पाल्पामा एक पुरुष र एक महिला गरी दुई जनाको मृत्यु भएको छ । एक जनाको रुखबाट लडेर मृत्यु भएको छ भने अर्का एक जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शीतलहरबाट मधेसका जिल्लामा जनजीवन प्रभावित
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी उमाकान्त अधिकारीले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत कार्ययोजना बनाएर सम्बन्धित निकायलाई शीतलहर व्यवस्थापनका लागि आग्रह गरिएको जानकारी दिँदै स्थानीय तहलाई स्रोत व्यवस्थापन गर्न म्यान्डेट दिएको बताउनुभयो।
राजेन्द्रको ज्याकेट सम्झिरहेको छु : प्रचण्ड
‘राजेन्द्रको ज्याकेट सम्झिराखेको छु। उहाँले गरिरहेको तर्क सम्झिराखेको छु। एउटा बौद्धिक, तर्कशील युवा हुनुहुन्थ्यो’, राजेन्द्र ढकाल ‘चेतन’को २६ औं स्मरण दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्नुभयो।
तस्बिरमा नेवा एकता दिवस
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो कलासंस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ।बुधबार नेवाः देय्ः दबूयाले नेवा एकता दिवसको अवसरमा टोखामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।
अर्थतन्त्रलाई थप चलायमान र सुदृढ बनाउन सुझाव
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेस गरेको छ। आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थ मन्त्रालयमा प्रतिवेदन बुझाउनु भएको हो।
इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयको चेतावनी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई अनुमति लिनका लागि सूचना जारी गरेको छ।
पर्यटन नीति बहस : नेपालको भविष्य पर्यटनमा
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालय नीति निर्माणमा सक्रियता देखाउनुभएको छ।
वंशाणुगत कारणले महिलाको अनुहारमा दाह्री आउँछ
महिलाको शरीर, अनुहारमा अनावश्यक रौँ, दाह्री आउने समस्या बढ्दो छ । अनावश्यक रौँ, दाह्री आउने समस्या लिएर दिनमा दुई तीन जना जना परामर्शका लागि छालारोग विशेषज्ञसम्म पुग्ने गर्छन् ।