नेवाः दबू काठमाडौं महानगर समितिको अध्यक्षमा अर्विन्द्रमान
नेवारहरूको राष्ट्रिय संगठन नेवा देय् दबूको काठमाडौं महानगर समितिको अध्यक्षमा अर्बिन्द्रमान सिंह सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज भएको दोश्रो अधिवेशनबाट उहाँलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
चेम्बर अफ कमर्सको अध्यक्षमा बुढाथोकी
दोलखा चेम्बर अफ कमर्सले नयाँ नेतृत्व पाएको छ । शनिबार दोलखा सदरमुकाम चरीकोटमा सम्पन्न छैटौं साधारणसभा एवं तेस्रो जिल्ला अधिबेशनले अध्यक्षमा रुद्रजंग बुढाथोकीसहित कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
कृष्णसेन मदन स्मृति पत्रकारिता पुरस्कार गौतमलाई
म्याग्दीका क्रियाशील पत्रकार सन्तोष गौतमलाई कृष्णसेन मदन स्मृति क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस सेन्टर नेपाल म्याग्दी शाखाको शनिवार बेनीमा सम्पन्न पाँचौ जिल्ला सम्मेलनको अवसरमा पत्रकार गौतमलाई नगद ७ हजार रुपियाँसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
आत्मनिर्भर अर्थतन्त्रको विकासमा ध्यान केन्द्रित गर्ने बेला आएको छः प्रचण्ड
पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताउनुभएको छ।
शनिबारदेखि पाँच दिने धरान उत्सव सुरु
धरानमा मानव बसोवास सुरु भएको १२४ वर्ष पुगेको अवसरमा विगत वर्षझैं शनिबारदेखि पाँच दिने धरान उत्सव सुरु भएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक आवासीय समृद्ध शहर भन्ने नारासहित शनिबार धरानका विभिन्न जातीय संस्था, विभिन्न सङ्घ संस्थाहरु, वद्यालयहरुले सांस्कृतिक झाँकीसहित धरान –१६ स्थित रङ्गशालाको दक्षिणी मैदानमा उत्सव सुरु भएको हो ।
कैलालीको तालमा हिउँदे जलपन्छीको गणना
तालतलैया, नदीनाला लगायतका सिमसार क्षेत्रमा पाइने जलपन्छीको गणना आजदेखि सुरु भएको छ । कैलालीमा धनगढी उपमहानगरपालिका –७ स्थित जोखार तालबाट गणना सुरु गरिएको हो ।
मलेसिया र सिङ्गापुरको काठ आयात रोक्नुपर्छ : सांसद थापा
नेपाली कांग्रेसका नेत्री एवम् प्रतिनिधि सभा सदस्य कुसुमदेवी थापाले नेपालको कान्छो जिल्ला रुकुमपूर्वले सम्भावना बोके पनि आवश्यक बजेट विनियोजन नहुँदा विकास निर्माणमा पछि परेको बताउनुभएको छ।
पत्रकार पुडासैनीको निधन
पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । प्रेस चौतारी नेपालको एसाेसिएट प्रदेश उपाध्यक्षको जिम्मेवारीमा रहनुभएका पुडासैनीको गएको राति उपचारको क्रममा ३३ वर्षको उमेरमा निधन भएको हो ।
सिकाइ उपलब्धिका लागि नमुना परीक्षा
बाजुराको त्रिवेणी नगरपालिका वडा नं –४ तोली देवलडाँडा माविले यहाँका पाँच, आठ र दस कक्षाका बालबालिकाको सिकाइ उपलब्धिका लागि प्रत्येक शनिबार नमुना परीक्षा लिन सुरु गरेको छ ।
मिडिया सोसाइटी अवार्ड पत्रकार खत्रीलाई प्रदान
मिडिया सोसाइटी अर्वाड २०८१ बाट म्याग्दीका क्रियाशील पत्रकार कमल खत्री सम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाइटीले हरेक वर्ष प्रदान गर्ने मिडिया अवार्ड यस वर्ष पत्रकार खत्रीलाई प्रदान गरेको हो ।
बितेको वर्ष : न बिस्मात न हर्ष
मेसोपोटामियाबाट मनाउन थालिएको इस्वी संवत् २०२५ मा विश्व प्रवेश गरेको छ ।
सुनसान बन्दै ढोरपाटन
चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ । मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पुस पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ढोरपाटनमा बर्सेनि पर्यटक बढ्दै गएका छन् ।
लाखौँ रकम दुरुपयोग न वधशाला न औजार
करिब दुई दशकअघि सदरमुकाम चरीकोटमा शुद्ध मासु बिक्री वितरण गर्ने उद्देश्यले निर्मित अत्याधुनिक वधशालाको अहिले नामोनिसान पनि छैन । गत २०६१ सालमा तत्कालीन
सडक बालबालिकामुक्त गर्न बजेटको अभाव
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त गर्ने घोषणा गर्नुभएको छ ।
महिलाको नेतृत्व प्रभावकारी
प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न महिला जनप्रतिनिधिले सक्रिय भूमिका निर्वाह गरेको बताउनुभएको छ । महिलाको नेतृत्वमा स्थानीय तहको सेवा प्रभावकारी भएको समेत उहाँले उल्लेख गर्नुभयो ।
सङ्घीय निजामती विधेयक : सङ्घ र प्रदेश लोक सेवाको राय बाझियो
सङ्घीय निजामती सेवा विधेयक तर्जुमाका क्रममा प्रदेश र स्थानीय तहमा कर्मचारी खटनपटनको विषयमा सङ्घ र प्रदेश लोक सेवा आयोगबिच मतान्तर भएको छ ।
ऋणमा निर्माणाधीन सडक, काम सुस्त
एसियाली विकास बैङ्क (एडिबी) को ऋण लगानीमा विस्तार तथा स्तरोन्नति भइरहेका सडक पूर्वाधार आयोजनाको अवस्था सुस्त देखिएको छ ।
कालीगण्डकीमा बालिकाको शव फेला
नौ दिनदेखि सम्पर्कविहिन भएकी बालिकाको शव कालीगण्डकी नदीमा भेटिएको छ । जिल्लाको रामपुर नगरपालिका –८, रानीबास बस्ने १६ वर्षीया पुजना श्रेष्ठको शव शुक्रबार रामपुर –६, स्थित कालीगण्डकी नदी किनारमा फेला परेको हो ।
अर्थतन्त्र चलायमान बनाउन महोत्सव
आयोजना हुन गइरहेको चितवन महोत्सवको १५ औँ शृङ्खलाले अर्थतन्त्र चलायमान गराउन केन्द्रित हुने विश्वास आयोजकले गरेका छन् । कोभिड–१९ महामारीपछि कमजोर आर्थिक गतिविधिलाई बढाउँदै देशको अर्थतन्त्र चलायमान गर्न सघाउने उद्देश्य महोत्सव आयोजकले राखेको हो ।
सूर्यदर्शनका प्रतिवादीको बहस जारी
पोखरा–४, कास्कीमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट बहस जारी छ।
निजामती सेवामा थप सुधार आवश्यक छ : अध्यक्ष रेग्मी
लोकसेवा आयोगले राज्य संरचनामा भएको परिवर्तनका सन्दर्भमा नेपालको निजामती सेवामा थप सुधार र पुनर्संरचना आवश्यक देखिएको सुझाव दिएको छ ।
बढ्न थाल्यो अलैँचीको मूल्य
पछिल्लो केही सातासम्म स्थिर रहेको अलैँचीको मूल्य शुक्रबार बढेको स्थानीय व्यवसायीले बताएका छन्। सदरमुकाम फुङ्लिङ बजारका स्थानीय व्यवसायी कमल बरालका अनुसार अलैँचीको मूल्य बढेर प्रतिमन एक लाख नौ हजार रुपियाँसम्म पुगेको छ।
साहित्य राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक होः पूर्व राष्ट्रपति भण्डारी
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्य समाजको दर्पण मात्र नभई राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक भएको बताउनुभएको छ।
चिसोले सर्वसाधारणको जनजीवन कष्टकर
बाक्लो कुहिरोसँगै बढेको अत्यधिक चिसोका कारण रौतहट जिल्लाको जनजीवन कष्टकर भएको छ ।दुई–तीनदेखि बिहान बेलुका लाग्ने बाक्लो कुहिरोसँगै बढेको अत्यधिक चिसोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।