वन्यजन्तु अपराध नियन्त्रण गर्न एकाइ गठन
वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रण गर्न बैतडीमा पहिलो पटक जिल्लास्तरीय एकाइ गठन गरिएको छ । मङ्गलबार जिल्ला प्रशासन कार्यालय बैतडीको सभाहलमा आयोजित कार्यक्रममा डिभिजन वन कार्यालय प्रमुखको संयोजकत्वमा इकाइ गठन गरिएको हो ।
शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक कारणले टुङ्गिन सकेन : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने बताउनुभएको छ ।
यो वर्षको हिउँद पनि सुख्खा हुने, थपियो चुनौती
लगातार दुई वर्षको हिउँद सुख्खा भए जस्तै यो वर्षको हिउँद पनि पानी नपरी सुख्खा नै हुने अनुमान गरिएको छ । नेपालको मौसमी पात्रोमा मङ्सिर १५ देखि फागुन १५ सम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ ।
रगत अभाव टार्न रक्तदान कार्यक्रम
जाडोको याममा बाँके जिल्लामा रगतको निकै अभाव हुन थालेपछि सहरी क्षेत्रमा मात्र सीमित नरही गाउँपालिकाहरुमा पनि रक्तदान कार्यक्रमलाई तीव्र पारिएको छ ।
कपडा बैंकले गरिब तथा विपन्नलाई सहज
बेनी नगरपालिका वडा नम्बर ६ को कार्यालयले कपडा बैंक सञ्चालन गरेपछि आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न वर्गलाई सहज भएको छ । अर्थुङ्गेस्थित वडा कार्यालयमा सञ्चालित कपडा बैंक महिनाको दुई पटक शनिबारका दिन खोल्ने व्यवस्था गरिएको छ ।
दुई सय ५५ विपन्न विद्यार्थीलाई न्यानो कपडा
ऐरावती गाउँपालिकाको ४१ वटा सामुदायिक विद्यालयका दुई सय ५५ विपन्न विद्यार्थीले न्यानो कपडा पाएका छन् । स्थानीय युवाहरुले सञ्चालन गरेको फेसबुक अभियानबाट उठेको रकमले उनिहरुलाई न्यानो कपडा उपलब्ध गराएका हुन् ।
चिनियाँ कम्पनीले भुक्तानी नदिएको गुनासो
निर्माणाधीन काठमाडौँ–तराई-मधेश द्रुतमार्गमा चिनियाँ कम्पनी पोलीछाङ्दाले काम गरेको रकम भुक्तानी नदिएको व्यवसायीले गुनासो गरेका छन् । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एक हजार १५३ खेलाडी सहभागी
धनगढी उपमहानगरपालिकाले आयोजना गर्ने नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एक हजार १५३ जना विद्यार्थी खेलाडीको सहभागीता हुने भएको छ ।
बाटेको धुपबाट आम्दानी राम्रो
दोलखाको भीमेश्वर नगरपालिका–२ ऐतिहासिक सहर दोलखामा रहेको प्रसिद्ध भीमेश्वर मन्दिरमा सिन्के धुप स्वास्थ्यका लागि हानीकारक भन्दै बाल्न बन्द गरेपछि बाटेको धुपले प्राथमिकता पाएको छ ।
तिब्बतमा शक्तिशाली भूकम्प: दक्षिणका छिमेकी मुलुकसम्म प्रभाव
चीनको सिजाङ स्वायत्त क्षेत्र अर्थात् तिब्बतको सिगात्से सहरको डिङ्गयी काउन्टी केन्द्रविन्दु भएर मङ्गलबार बिहान ६ः५० बजे ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पले तिब्बतमा मात्र
निःसन्तानका लागि आइभिएफ वरदान भएको दावी
इन्दिरा आइभिएफ नेपाल सेन्टरले पहिलो बार्षिकोत्सव मनाएको छ । आज यहाँ आयोजित कार्यक्रममा सेन्टरले बार्षिकोत्सव मनाएको हो । प्रतिनिधि सभा सांसद कल्पना मिया कुसारीले निसन्तान दम्पत्तीका लागि आइभिएफ सेन्टर बरदान भइरहेको बताउनुभयो ।
भूकम्पका कारण ११ जना बेहोस्, दुई घाइते, चनाखो हुन अनुरोध
चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्गयीमा केन्द्रविन्दु भएर आज बिहान गएको ७ रिक्टरस्केलको भूकम्पका कारण नेपालमा अहिलेसम्म १३ जना घाइते (११ जना बेहोस) भएका प्रहरीले जानकारी दिएको छ ।
एमालेद्वारा पारित १४ बुँदे प्रस्तावमा के छ ?
कपा (एमाले) केन्द्रीय कमिटीको यही पुस २१ गतेबाट पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुरु भएको आठौं पूर्ण बैठक आज सम्पन्न भएको छ ।
पर्यटकीयस्थल घोडेपानीमा हिमपात
समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा रहेको घोडेपानी गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य हो। घोडेपानीका होटल व्यवसायी बिसन रानाले यो वर्ष पहिलो पटक हिउँ परेको बताउनुभयो।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन पारित
नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पारित गरेको छ।
हमासले केही बन्दी रिहा गर्दै : विपिन छुट्ने प्रतीक्षामा नेपाल सरकार
हमास आतङ्ककारी समूहले इजरायलको गाजा नजिकैको सहरबाट अपहरण गरी लगेका बन्दीमध्ये ३४ जनालाई अपहरण मुक्त गर्ने भएको छ। सन् २०२२ को अक्टोबर ७ मा सयौं सर्वसाधारण अपहरणमा परेका थिए।
राष्ट्रपति पौडेलद्वारा चीनको तिब्बत क्षेत्रमा गएको भूकम्पको क्षतिप्रति दुःख व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले चीनको तिब्बत स्वायत्त क्षेत्रमा मङ्गलबार गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
वडावासीलाई उत्पादनसँग जोड्न च्याउखेती
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरले व्यावसायिक खेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले वडामै च्याउ खेती गरी बिक्री वितरण सुरु गरेको छ ।
कांग्रेस परित्याग गरी २६ जना जसपा नेपालमा प्रवेश
सप्तरीको राजगढ गाउँपालिका ३ स्थित झौहरा चौकमा नेपाली कांग्रेस परित्याग गरी २६ जना जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गरेका छन् ।
सुनकोसी नदीमा बाँध निर्माण सुस्त
राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुनकोसी नदीमा बाँध निर्माण कार्य सुस्त छ ।
खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गर्छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गरिरहेको बताउनुभएको छ ।
ऋण चुक्ता नगर्नेमाथि पुनः अनुसन्धान हुने
कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ऋण लिएर चुक्ता नगर्नेविरुद्ध पुनः अनुसन्धान हुने भएको छ । सहकारीको रकम हिनामिनामाबारे सरकारी वकिलको कार्यालय,
‘नेपालको भूमि रक्षा गर्न सरकार प्रतिबद्ध’
गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको जग्गा भारतीय नागरिकले उपयोग गरिरहेको बारे सरकार जानकार रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा मन्त्री लेखकले विवाद सुल्झाउन कूटनीतिक रूपमा सरकारले प्रव्रिmया अघि बढाएको बताउनुभयो । उक्त क्षेत्रमा एक सीमा स्तम्भसमेत राख्नुपर्ने भएकाले द्विपक्षीय सहमतिको प्रव्रिmया जारी रहेको उहाँले जानकारी दिनुभयो ।
नुन किन्न वडाको सिफारिस
बाजुराका नागरिकलाई नुन किन्न वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ । बाजुरामा आवश्यकभन्दा बढी नुन प्रयोग हुन थालेपछि वडाको सिफारिस लिन थालिएको हो । नागरिकताका आधारमा सहुलियतको नुन उपलब्ध गराउने गरि