‘जलवायु परिवर्तनले अर्थतन्त्रमा चुनौती’
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनका कारण अर्थतन्त्रका समग्र पक्षमा चुनौती थपिन थालेको बताउनुभएको छ ।
मन्त्रीपरिषद्बाट प्रहरी विधेयक स्वीकृत
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक प्रधानमन्त्री तथा मन्त्रीपरिषद् बैठक स्वीकृत गरेको छ ।
आमाको दुध प्रतिस्थापन गर्ने वस्तु बिक्री
बजारमा कानुनविपरीत आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री भइरहेको पाइएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको अनुगमनका क्रममा यस्तो पत्ता लागेको हो ।
प्रेस चौतारीको आपत्ति
प्रेस चौतारी नेपालले सञ्चार माध्यममा प्रकाशित सामग्रीलाई लिएर आमसञ्चार माध्यमका प्रकाशक, सम्पादक र पत्रकारविरुद्ध एकपछि अर्को विद्युतीय अपराध (साइबर क्राइम) मा मुद्दा चलाएको भन्दै आपत्ति जनाएको छ ।
विश्व तापक्रम युगकै उच्च, हिमालको हिउँ बढी पग्लने र वातावरण सकिने अनुमान
विश्वको औसत तापक्रमले नयाँ कीर्तिमान कायम गरेसँगै विश्वमा जलवायुजन्य प्रकोपको चुनौती थप उच्च हुने भएको छ ।
बाढीपहिरोका कारक ‘क्रसर’ आफूखुसी चलाइए
बाढीपहिरोका कारण बन्द गरिएका काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा रहेका खानी तथा क्रसर उद्योग प्रशासनको अनुमतिबेगर पुनः सञ्चालन भएका छन् ।
अध्यादेशमार्फत फुकाइँदै लगानीका अवरोध
मुलुकभित्र लगानीलाई अवरोध पारिरहेका कानुनी प्रबन्धहरूलाई सरकारले संशोधनमार्फत सहज बनाउने प्रक्रिया अगाडि बढाएको छ ।
‘आइभिएफ’ सन्तान प्राप्त गर्ने अवसर
निःसन्तान दम्पतीका लागि आइभिएफ प्रविधि सन्तान सुख प्राप्त गर्ने अवसरका रूपमा देखिएको छ । विवाहपछि बर्सौंसम्म सन्तान नभएका दम्पतीका लागि आइभिएफ प्रविधिबाट बच्चा जन्माउन सकिन्छ ।
महासंघका अध्यक्ष शर्मा र पूर्व अध्यक्ष झा सम्मानित
मधेश प्रदेशमा शहिद पत्रकार उमा सिंहको स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसको अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, पूर्व अध्यक्ष धर्मेन्द्र झा र धनुषा शाखाका पूर्व अध्यक्ष उमेश साहलाई सम्मानित गरिएको छ ।
मलद्वारमा सुन लुकाएर ल्याउने तीन जना पक्राउ
नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी कारबाहीका लागि भन्सार कार्यालय चलान गरेको छ।
गोरखापत्रकर्मी भण्डारी सम्मानित
गोरखापत्र दैनिकका धनकुटा समाचारदाता कोकिला भण्डारी ३०३ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सम्मानित हुनुभएको छ । पत्रकारिता क्षेत्रबाट पूर्वको पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा योगदान दिएको भन्दै उहाँलाई सम्मानित गरिएको हो ।
रुखबाट लडेर एकको मृत्यु
चौबिसे गाउँपालिकामा रुखबाट लडेर ६५ बर्षिय मुसलमान तामाङको मृत्यु भएको छ । धनकुटा जिल्लाको चौबिसे गाउँपालिका वडा –७ किराँत चोकस्थित अठारसय घर भएका मृत्यु हुने तामाङ हाल अर्को घरमा बस्दै आउनुभएको थियो । मृतक तामाङ हाल सोही स्थानका ताजेलोङ चोजोङको घरमा २१ बर्षदेखि बस्दै आउनुभएको स्थानीयले जानकारी दिनुभयो ।
गोरखापत्रकर्मी यादवसहित पाँच पत्रकार सम्मानित
नेपाल यादव सेवा समिति दुहवीले गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवसहित पाँच पत्रकार सम्मानित भएका छन् । समितिको पदस्थापना तथा सम्मान कार्यक्रममा गोरखापत्रकर्मीसहित यादव समुदायका पाँच पत्रकारलाई सम्मान गरेको हो ।
फोनिज मोरङ अध्यक्षमा श्रेष्ठ
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मोरङको छैठौं जिल्ला अधिवेशनले अनिल श्रेष्ठको अध्यक्षतामा १० सदस्यीय कार्य समिति चयन गरेको छ ।
पृथ्वी जयन्तीमा राप्रपाको चियापान (फोटो फिचर)
भृकुटीमण्डपमा प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताले स्वागत गर्नुभएको थियो ।
अन्तरबैङ्क सापटी लिएर चेक साट्दै कर्णाली बैङ्क
नेपाल राष्ट्र बैङ्कले समस्याग्रस्त संस्था घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैङ्क लिमिटेडले अन्तरबैङ्क रकम सापटी लिएर दुई साताको अवधिमा करिब १० करोड निक्षेप फिर्ता गरेको छ ।
गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार
जिल्लाको महावै गाउँपालिका –४ का एक महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । लामो समय सुत्केरी ब्यथा लागे पनि बच्चा जन्माउन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।
सवारी दुर्घटना अपडेटः एकको मृत्यु, १३ जना घाइते
शनिबार दिउँसो १ बजेको समयमा मनहरी ६ डिपार्टस्थित पूर्व पश्चिम सडकखण्डमा स्कारपियो र कार ठोक्किँदा दुर्घटना भएको हो ।
जङ्गली हात्तीबाट हुने क्षति जोगाउन स्थानीय निकायसँग सहयोग माग
जङ्गली हात्तीबाट हुने क्षतिबाट जोगाउन डिभिजन वन कार्यालय रौतहटले चन्द्रपुर नगरपालिकासँग सहयोग माग गरेको छ ।
कोटेश्वर क्याम्पस प्रमुखमा पोखरेल
कोटेश्वर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा प्रकाश पोखरेल नियुक्त हुनु भएको छ । क्याम्पस व्यवस्थापन समितिको हालै बसेको बैठकले पोखरेललाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।
राष्ट्रनिर्माताको योगदान अविस्मरणीय
राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाह आधुनिक नेपाल राष्ट्रको निर्माणकर्ता रहेको बताउनुभएको छ ।
विद्युतीय सवारी प्रयोगमा जोड
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनले नेपालमा पर्न सक्ने समस्यालाई दृष्टिगत गरी पेट्रोलियम पदार्थको प्रयोग न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ ।
कर्मचारी सङ्गठनको माग: जहाँ सरकार, त्यहाँ ट्रेड युनियन
निजामती सेवामा दलगत ट्रेड युनियन बन्देजको माग बढिरहेका बेला कर्मचारी सङ्गठनका प्रतिनिधिले भने दायरा विस्तारको प्रस्ताव गरेका छन् ।
अमेरिकामा बाक्लो हिमपात र उग्र डढेलो
संयुक्त राज्य अमेरिकामा शक्तिशाली हिमआँधी र उग्र डढेलोको विपत् एकैसाथ आइपर्दा त्यहाँको जनजीवन अत्यधिक प्रभावित बनेको छ । लस एन्जलस क्षेत्रमा उग्र डढेलो फैलँदा हालसम्म दस जनाको ज्यान गएको छ ।