घोराहीमा छैठौं कृषि, पर्यटन महोत्सव हुने
कृषि तथा साना उद्योग व्यवसायको प्रवर्धनसँगै पर्यटन क्षेत्रको विकासका लागि दाङको घोराहीमा छैठौं कृषि, पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ ।
खैरो हेरोइनसहित चार जना पक्राउ
धनकुटामा प्रहरीले खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ । छथरजोरपाटी गाउँपालिका –६ स्थित सिधुवा बजारमा चेकजाँचका क्रममा दुई जनाको साथबाट लागुऔषध बरामद गरेको हो ।
करणी गरेको आरोपमा युवक पक्राउ
एक किशोरीलाई जवर्जस्ती करणी गरेको आरोपमा कैलाली प्रहरीले गौरीगंगा नगरपालिका –६ बनबेहडाका २७ वर्षीय हरिराम चौधरीलाई पक्राउ गरेको छ ।
‘सरकारलाई अझ प्रभावकारी काम गर्न एमाले बैठकको निर्देशन
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सरकारको नेतृत्व एमालेले नै गरिरहेको हुँदा जारी केन्द्रीय कमिटि बैठकले सरकारलाई प्रभावकारी काम गर्न थप दिशा निर्देश गर्ने बताउनु भएको छ ।
सार्वजनिक यातायातको भाडा वृद्धि
यातायात व्यवस्था विभागले सोमबारदेखि लागु हुने गरी सार्वजनिक यातायातका साधनको भाडा वृद्धि गरेको छ ।
निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले देशको लोकतान्त्रिक आन्दोलन मात्र नभएर सामाजिक र आर्थिक रुपान्तरणमा नेपाली पत्रकारिता क्षेत्र र नागरिक संस्थाका हैसियतले नेपाल पत्रकार महासङ्घले पुर्याएको योगदान सराहनीय रहेको बताउनुभएको छ ।
‘अस्पतालको फार्मेसीमा औषधी नहुनु गैरकानुनी’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले अस्पतालले सञ्चालन गरेको फार्मेसीमा औषधी पाउँदैन भन्नु गैरकानुनी भएको बताउनुभएको छ । कान्ति बाल अस्पतालको ६३ औँ वार्षिकोत्सवको अवसरमा मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
जीर्ण बन्दै नख्खु काेरिडाेर, सास्ती खेप्दै स्थानीय
गत असोज महिनामा आएको बाढीका कारण भत्किएको नख्खु काेरिडोरको बाटो बन्न नसक्दा स्थानीयले सास्ती खेप्नु परेको छ । बाढीले भत्काएको बाटो बनाउन महानगरपालिकाले सामान्य पहल गरेपनि सहज रुपमा हिँड्न सक्ने अवस्थामा छैन ।
समयसीमाको दबाबले प्रभावकारी बने समिति
नियमावलीको व्यवस्थाले विचाराधीन रहेका विधेयकलाई टुङ्ग्याउन राष्ट्रिय सभाको विषयगत समितिमाथि समयसीमाको दबाब परेको छ । नियमावलीको समयसीमासम्बन्धी व्यवस्थाले समितिको कामकारबाहीसमेत प्रभावकारी भएको छ ।
प्राथमिकतामा पुनर्निर्माण
प्राकृतिक प्रकोपले भौतिक संरचनामा पु-याएको क्षतिको तत्काल मूल्याङ्कन गरी पुनर्निर्माणमा प्राथमिकता दिने गरी सरकारले अग्रसरता लिएको छ । विपत् जोखिम न्यूनीकरण
सवा अर्ब बिगो दाबीसहित मुद्दा दायर
कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना प्रकरणमा ३९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । राष्ट्रिय
दलित आयोगले बुझायो प्रतिवेदन
राष्ट्रिय दलित आयोगले गत आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष बुझाएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित
शङ्कास्पद लाइसेन्स परीक्षणमा
शङ्कास्पद लागेर रोकिएका एक लाख दुई हजार सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को वास्तविकतामाथि अध्ययन सुरु भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले मा
पोखराथोकका कृषकको बगैँचामा सुन्तला पाकेर पहेँलपुर
अर्घाखाँचीको पाणिनी गाउँपालिका २ स्थित पोखराथोकका कृषक भाष्कर पौडेलको बगैँचामा पहेँलपुर भएर पाकेको सुन्तला।
ठगी धन्दामा लागेका रजक पक्राउ
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका –७ बभनगामा टोलका हनुमानी भनिने रामबहादुर रजकले पैसा डबल गर्ने धन्दा चलाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
सञ्चार स्मारिका सार्वजनिक
नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले प्रकाशन गरेको ताप्लेजुङ सञ्चार स्मारिका सार्वजनिक गरिएको छ । ताप्लेजुङको पत्रकारिता क्षेत्रकै एक दस्तावेजका रुपमा प्रकाशित सञ्चार स्मारिका सार्वजनिक गरिएको हो ।
आपाङ्गता भएकालाई सामग्री वितरण
सुनसरीको कोशी गाउँपालिकामा १३ जना आपाङ्गता भएको व्यक्तिलाई साहायक सामग्री वितरण गरिएको छ । सामाजिक जीवन केन्द्र नेपालले कतार च्यारेटीको सहयोगमा शारीरिक तथा खुट्टाले हिड्न समस्या भएका व्यक्तिलाई सो सामग्री वितरण गरेको हो ।
निर्माण व्यवसायी संघ इलाम अध्यक्षमा खनाल
निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित हुनुभएको छ । नवनिर्वाचत खनालले १०७ मत प्राप्त गर्नुभएको छ ।
ज्ञान सदुपयोग नहुँदा भाङ बन्यो लागुऔषध
कुनै बेला सुदूरपश्चिमको बैतडीलगायतका गाउँमा भाङखेती गरेर यसबाट खाने तेल, लत्ताकपडा र आयुर्वेदिक औषधी बन्ने गर्दथ्यो । अहिले यही गाँजा–भाङको प्रयोग लागुऔषध दुव्र्यसनीको कारण बन्न थालेपछि प्रहरीले नस्ट गर्दैआएको छ ।
‘क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण तीव्ररुपमा अगाडि बढ्छ’
गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण तीव्र गतिमा अघि बढेको बताउनु भएको छ ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु
प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आइतबार सुरु भएको छ। धुम्बाराहीस्थित स्मार्ट दरबार व्याङ्क्वेटमा सुरु भएको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ।
पत्रकार उपाध्याय रक्तदान सद्भाव दूत
पत्रकार एवम् सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी पटक रक्तदान गर्नु भएका रक्तदाता दीपक उपाध्याय रक्तदान सद्भाव दूतमा नियुक्त हुनु भएको छ ।
विद्युतीय सेवाले अपाङ्गता भएका मर्कामा
अपाङ्गता भएका विद्यार्थीका लागि त्रिभुवन विश्वविद्यालयले पढाइ, परीक्षा, लब्धाङ्कपत्रलगायत अन्य कुनै पनि शीर्षकमा शुल्क नलिने बताए पनि कार्यान्वयन भएको छैन ।
बढे हवाई यात्रु
नेपालमा हवाईयात्रा गर्नेको सङ्ख्या बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२४ मा हवाई यात्रुको सङ्ख्या आन्तरिकतर्फ १३ प्रतिशत र अन्तर्राष्ट्रियतर्फ ९.७ प्रतिशतले वृद्धि भएको हो ।