चार लाखले गरे अवलोकन, २५ करोडको कारोबार
बुटवलमा पुस ३ देखि १८ गतेसम्म चलेको औद्योगिक व्यापार मेलालाई चार लाख दर्शकले अवलोकन गरेका छन् । २५ करोड रुपियाँको कारोवार भएको आयोजकले जनाएको छ ।
फिस्लिङ–आग्रीडाँडा हुँदै भैरबी जोड्ने सडक शनिबारदेखि बन्द हुने
गोरखाको गण्डकी गाउँपालिका–६ अन्र्तगत पर्ने फिस्लिङ – आग्रीडाँडा हुँदै भैरबी जाने सडक खण्ड शनिबारदेखि बन्द हुने भएको छ ।
बजेट अभावमा सिद्धार्थ क्रिकेट मैदान अधुरै
रुपन्देहीको भैरहवामा सरकारीस्तरबाट निर्माण गरिरहेको सिद्धार्थ क्रिकेट मैदान स्तरोन्नती गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन सुरु गरेको करिब डेढ दशक बितिसक्दा समेत अधुरै रहेको छ ।
धान नहुने खेतमा बदाम
धान नहुने खेतमा बदाम खेती गरेर किसान आम्दानी गर्न थालेका छन् । कैलालीको ग्रामीण क्षेत्रका किसान बदाम खेती गरेर आम्दानी गर्न थालेका हुन् ।
एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले रु. छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ ।
सिक्टा सिँचाइ आयोजना: सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो, भौतिक प्रगति उन्नाइस वर्षमा ४१ प्रतिशत
आर्थिक वर्ष २०६१(६२ मा स्थापना भई काम सुरु भएको राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति १९ वर्ष पुग्दा समेत ४१ प्रतिशत मात्र भएको छ । यी आयोजनाको प्रगतिबारे सरकारले सोच्नै पर्ने समय भएको स्थानीयहरूको माग छ । बाँके, पुस १९ गते । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०६१-६२ मा स्थापना भई आव २०६२-६३ बाट भौतिक निर्माणको काम सुरू भएको थियो । आयोजना सुरू भएको १९ वर्षपछि आव २०८१-८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१ दशमलव ७९ प्रतिशत भौतिक प्रगति भएको छ । सिक्टा सिँचाइ आयोजना निर्देशक राजु आचार्यका अनुसार २०७१ भदौ ८ गते रू २५ अर्ब दुई करोड र २०७९ भदौ २६ गते अन्तिमपटक आव २०८९-९० सम्म काम सम्पन्न हुनेगरी लागत संशोधन गरेर रू ५२ अर्ब ८९ करोड पुर्याइएको छ । उहाँले भन्नुभयो, “आव २०६१-६२ मा रू सात अर्ब ४५ करोड अनुमानित लागतबाट सुरू भएको आयोजनाको १९ वर्ष बितिसक्दा तीनपटक लागत अनुमान संशोधित हुँदै रू ५२ अर्ब ८९ करोडको बजेट पुगिसकेको छ ।” विसं २०६४ मङ्सिर ३ गते पहिलोपटक लागत संशोधन गरेर रू १२ अर्ब ८० करोड पुर्याइएको थियो ।आयोजना सुरू भएदेखि चालु आवको मङ्सिरसम्ममा रू २१ अर्ब ५५ करोड खर्च हुँदा वित्तीय प्रगति ४० दशमलव ७६ प्रतिशत रहेको र भौतिक प्रगति ४१ दशमलव ७९ प्रतिशत मात्र पुगेको इञ्जिनियर अनिल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवका लागि रू एक अर्ब ६० करोड बजेट विनियोजन भएकामा हालसम्म रू २३ करोड खर्च भएको छ ।इञ्जिनियर पोखरेलका अनुसार सिक्टा सिँचाइ आयोजनाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार सात सय ६६ हेक्टर जमिनमा पानी सिँचाइको लक्ष्य लिएको छ । पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ । पश्चिमी मूल नहरबाट ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा पानी सिँचाइ गर्ने लक्ष्य लिइएको छ । “बयालीस हजार सात सय ६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य लिइएको आयोजनाबाट १९ वर्ष बित्दा हालसम्म २१ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ”, इञ्जिनियर पोखरेलले भन्नुभयो, “पश्चिमी मूल नहरको ४५ दशमलव २५ किलोमिटर निर्माण काम सम्पन्न भइसकेको छ । पूर्वी मूल नहरको ५३ दशमलव ५० किलोमिटरमध्ये ३७ दशमलव ६८ किलोमिटर निर्माण सम्पन्न भएको छ ।”पश्चिमतर्फका शाखा–उपशाखा–प्रशाखाको ६० प्रतिशत निर्माण सम्पन्न भएको इञ्जिनियर पोखरेलले बताउनुभयो । उहाँका अनुसार नहर संरचनाका लागि अधिग्रहण गर्नुपर्ने चार सय ४० हेक्टरमध्ये हालसम्म केवल एक सय ७५ हेक्टर जमिन अधिग्रहण गरिएको छ । चालु आवमा पश्चिम मूल नहरको मुख्य डुडुवा शाखाको लागत अनुमान सम्पन्न भई ठेक्का आह्वान भइसकेको छ ।तेत्तीस हजार सात सय ६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पश्चिमी मूल नहरबाट हाल १७ हजार हेक्टरमा सिँचाइ पुगेको र नौ हजार हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पूर्वी मूल नहरबाट चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा उपलब्ध गराइएको छ । त्यसैगरी मूल नहरभन्दा माथिल्लो भागमा रहेका जग्गामा सिँचाइ उपलब्ध गराउन राप्तीसोनारीका कचनापुर, बालापुर र ढकेरी क्षेत्रमा चारवटा लिफ्ट सिँचाइ योजना सम्पन्न हुने चरणमा छन् ।राष्ट्रिय गौरवको आयोजना भए तापनि स्रोत सहमतिमा सहजता नहुनु, बजेट विनियोजनमा प्राथमिकता नहुनु, मानव स्रोत र नेतृत्वको स्थायित्व नहुनु, प्रचलित ऐन कानुनमा सरलता नहुनु, जग्गा प्राप्ति प्रक्रिया र वातावरण अध्ययन सर्वेक्षण कार्य छिटोछरितो नहुनु पनि आयोजना कार्यान्वयनमा समस्या हुने गरेको सिक्टा सिँचाइका पदाधिकारीको भनाइ छ ।
विधेयकमा सांसद विभाजित
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सदस्यहरू तिलगङ्गा नेत्र विश्वविद्यालयमा प्रस्तावित पदाधिकारीको सङ्ख्यालाई लिएर विभाजित भएका छन् ।
बिहान सात बजेदेखि विद्यालय चलाउन सुझाव
पूर्वकानुनमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य शेरबहादुर तामाङले विद्यालयको पठनपाठन बिहान ७ देखि दिउँसो १ बजेसम्म सञ्चालन गर्न प्रस्ताव गर्नुभएको छ ।
अन्तरसरकार समन्वय कमजोर
सङ्घीयता कार्यान्वयन भएको सात वर्ष भइसक्दा पनि अन्तरसरकार र अन्तरसम्बन्ध कायम गर्न स्थापित संस्थागत संयन्त्रहरू सक्रिय नबन्दा सङ्घीयता नै कमजोर बन्दै गएको छ ।
अमेरिकी भोजमा नजर परेको त्यो ‘सारी’
नेपालको परराष्ट्र सेवा तथा कूटनीतिक क्षेत्रमा महिलाको बलियो उपस्थिति बन्न सकेको छैन तर जुन बेला महिला घरबाट बाहिर निस्कन र काम गर्न असहज थियो, त्यो बेला कूटनीतिक सेवामा प्रवेश गरेर नेपालको पहिलो महिला राजदूत बन्नुभएको थियो विन्देश्वरी शाह ।
चवालिस जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
जिल्ला प्रहरी परिसर काठमाडौँले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिनाबारे अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको छ ।
नरैनापुरका धार्मिकस्थललाई पर्यटकीय गन्तव्य बनाइने
बाँकेको नरैनापुर गाउँपालिकामा रहेको विभिन्न धार्मिक स्थललाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ ।
आमाको सेवा : कोकिलाको अद्भुत प्रेम
अछामको मङ्गलसेन नगरपालिका–३, ओखरतोलाकी ६० वर्षीया कोकिला ढोलीले मातृभक्तिको उदाहरण प्रस्तुत गर्दै उपचारपछि आफ्नी ८३ वर्षीया आमालाई बोकेर घर फर्काउनु भएको छ ।
समृद्ध नेपाल निर्माणमा संस्कृत शिक्षाको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुुभएको छ ।
जापानमा नेपाली पुस्तकालय स्थापना
विश्वकै चौथो ठुलो अर्थतन्त्र भएको देश जापानमा पहिलो पटक ‘नेपाल पुस्तकालय’ स्थापना गरिएको छ । नेपाल र जापानबिच जनस्तरको सम्बन्ध र शैक्षिक सांस्कृतिक, प्राज्ञिक तथा बौद्धिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो ।
पैँतिस विमानस्थल सञ्चालनमा
कैलालीको टीकापुर विमानस्थलमा साताको तीन उडान सुरु भएसँगै देशभर सञ्चालनमा रहेका विमानस्थलको सङ्ख्या ३५ पुगेको छ ।
संसद्को हिउँदे अधिवेशन छिट्टै
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय संसद्को हिउँदे अधिवेशन छिट्टै बोलाइने बताउनुभएको छ ।
दलहरूले टेरेनन् आयोगलाई
राजनीतिक दलले निर्वाचन आयोगको निर्देशन पालना गर्न अटेर गरेका छन् । लेखा परीक्षण प्रतिवेदन नबुझाउने, प्रतिवेदन बुझाए पनि सार्वजनिक नगर्ने दललाई जरिबाना तोकिएकोमा आयोगले तोकेको समयावधिभित्र अधिकांश दलले जरिबाना बुझाएका छैनन् ।
मनको चित्र मुखले कोर्ने आशिष
धनकुटाको साँगुरीगढी गाउँपालिका–८, लुखाका आशिष राई शारीरिक रूपमा अशक्त हुनुहुन्छ ।
घोडाघोडीमा राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिता
कैलालीको घोडाघोडी नगरपालिकामा नगर स्तरीय अतिरिक्त क्रियाकलाप तथा १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।
मानव सेवा आश्रमका असहायलाई सिरक बितरण
गत केही दिन यता बढ्दै गएको जाडोलाई ध्यानमा राखेर गोपाल निना फाउन्डेसन बाँकेले यहाँस्थित मानव सेवा आश्रममा रहनु भएका ५२ असहायहरुलाई न्यानो सिरक र लुगा बितरण गरेको छ ।
सञ्चारमाध्यम विज्ञापन बोर्डमा सुचिकृत हुनुपर्छ
विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले सुचिकृत नभएका सञ्चारमाध्यमलाई विज्ञापन बोर्डमा सुचिकृत हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ गुल्मी शाखाको समन्वयमा विज्ञापन बोर्ड र स्थानीयस्तरमा सञ्चालित सञ्चारमाध्यमबिच बुधबार तम्घासमा भएको अन्तरक्रियामा उहाँले सो कुरा बताउनुभएको हो ।
जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु
स्थानीय सामुदायिक वनमा दाउरा खोज्न गएकी झापा कचनकवल गाउँपलिका –७ की ३५ बर्षीय महिला केलावती राजवंशीको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।
पुस्तक नीति बनाउने कार्यमा सहयोग रहन्छ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पुस्तक नीति बनाउने कार्यमा आफ्नो सक्रिय रूपमा योगदान रहने बताउनु भएको छ ।