अछाम, पुस १८ गते । अछामको मङ्गलसेन नगरपालिका–३, ओखरतोलाकी ६० वर्षीया कोकिला ढोलीले मातृभक्तिको उदाहरण प्रस्तुत गर्दै उपचारपछि आफ्नी ८३ वर्षीया आमालाई बोकेर घर फर्काउनु भएको छ ।
कोकिला केही दिनअघि बिरामी आमालाई उपचारका लागि स्वास्थ्य केन्द्र लगेर सेवा–सुसार गरेपछि घर फर्काउनु भयो । आफ्नी आमालाई बोकेर हिँडेकी कोकिलाको यो समर्पणले गाउँलेहरूको ध्यान तानेको छ।
“आमाले मलाई बोकेर हुर्काउनु भएको हो, आज आमालाई बोकेर घर लैजान पाउँदा मन आनन्दित भएको छ,” कोकिलाले भन्नुभयो ।
समाजमा छोराछोरीले वृद्ध आमाबुवाप्रति देखाउने प्रेम र सेवा–भावनाको यो घटना उदाहरणीय बनेको छ।