काठमाडौँ, असार ७ गते । गर्मी तथा वर्षायाममा झाडापखाला तथा हैजा जस्ता पानीजन्य रोगले दुःख दिने गर्छ । यो समयमा अस्पतालमा झाडापखाला तथा हैजाका बिरामी पनि बढ्ने गर्छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गर्मी सुरु भएदेखि झाडापखालाका बिरामी बढ्दै गएका छन् । अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डा.विमल शर्मा चालिसेले गर्मी सुरु भएदेखि अस्पतालमा झाडापखालाका बिरामी बढ्दै गएको जानकारी दिनुभयो ।
उहाँका अनुसार अस्पतालको बहिरङ्ग (ओपिडी)मा दैनिक १० देखि १५ जना झाडापखालाका बिरामी उपचारका लागि आउने गर्छन् । यो मौसममा दूषित पानी बासी सडेगलेका फलफूल तथा तरकारीको प्रयोगले झाडापखालाका बिरामी बढ्ने डा.शर्मा बताउनुहुन्छ ।
ओपिडीमा दैनिक १० देखि १५ जना झाडापखालाका बिरामी उपचारका लागि आउने गर्छन् । यो मौसममा दूषित पानी बासी सडेगलेका फलफूल तथा तरकारीको प्रयोगले झाडापखालाका बिरामी बढ्ने चिकित्सकको भनाइ छ ।
झाडापखाला के कारणले हुन्छ ?
डा. शर्माका अनुसार झाडापखाला पेटसँग सम्बन्धित स्वास्थ्य समस्या हो । दूषित पानीले पाचन प्रणालीमा असर गरी झाडापखाला लगायतका पेटसँग सम्बन्धी स्वास्थ्य समस्या निम्तन्छन् । दिनमा दुई वा दुई भन्दा पटक पातलो दिसा हुनुलाई पखाला लागेको भनिन्छ । झाडापखालाबाट सङ्क्रमित भएपछि सामान्यदेखि गम्भीर स्वास्थ्य समस्या देखिने डा. शर्मा बताउनुहुन्छ ।दूषित पानी, बासी, सडेगलेका फलफूल तथा तरकारी, विषादी भएको फलफूल तथा तरकारीको प्रयोगले गर्दा झाडापखालाको समस्या देखिने डा.शर्माले जानकारी दिनुभयो । त्यो बाहेक रोटाभाइरस, नोराभाइरसको सङ्क्रमण र विभिन्न प्रकारका ब्याक्टेरियाको कारणले पनि झाडापखाला लाग्ने उहाँ बताउनुहुन्छ ।
झाडापखालाबाट सङ्क्रमित भए पनि बिरामी बारम्बार पातलो वा पानीजस्तो दिसा लाग्ने, दिसाको रङ परिवर्तन हुने, दिसामा रगत देखिने जस्ता लक्षण देखिने डा. शर्माको भनाइ छ । त्यो बाहेक पेट दुख्ने, बान्ता हुने, तिर्खा लाग्ने, कमजोर हुनेजस्ता लक्षण देखिन्छन् ।शरीरमा पानीको मात्रा कम हुँदै जान्छ र जलवियोजन यदि बिरामीलाई समयमा नै उचित उपचार पाएन भने बिरामीको मृत्यु समेत हुनसक्छ।
जोखिममा
स्तनपान नगराई बोतलको दुध खुवाइरहेका बच्चा, कुपोषित बालबालिका, दुषित पानी पिउने मानिस, व्यक्तिगत सरसफाइमा ध्यान नदिएमा, खोप नलगाएका बच्चामा झाडापखालाको जोखिम हुन्छन् । पाँच वर्ष मुनिका बालबालिका, वृद्धवृद्धा, रोग प्रतिरोधात्मक क्षमता भएका मानिसमा यदि झाडापखाला देखिएमा गम्भिर प्रकारका लक्षण देखिने गर्छ । यस्ता मानिसलाई विशेष ध्यान दिन चिकित्सकको सुझाव छ । कस्तो खानेकुरा खाने झाडापखालाले शरीरको पानी, नुन, खनिज तथा पोषक तत्व खेर जाने हुँदा कमजोरीपन निम्त्याउने गर्छ । यस्तो अवस्थामा प्रशस्त मात्रामा सफा तथा झोलिलो खानेकुरा पटक पटक खुवाउने, नरम तथा सजिलै पच्ने खानेकुरा थोरै थोरै गरी पटक पटक खुवाउन डा. शर्माको सुझाव छ ।
उहाँ भन्नुहन्छ, “ यस्ता बिरामीलाई अघिपछि भन्दा बढी झोलिलो खानेकुराहरू पटक पटक खुवाउने, आमाको दुध, गेडागुडी वा दालको रस, फलफूलको रस, पुनर्जलीय झोल वा सफा पानी खुवाउनुपर्छ।”
उपचार
झाडापखालाका लक्षण देखिनसाथ तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको सिफारिसमा औषधी खुवाउन डा.शर्माले अनुरोध गर्नुभयो । चिकित्सकले के कारणले झाडापखाला लागेको हो परीक्षण गरेर त्यही अनुसार औषधी सिफारिस गर्ने गर्छन् ।
बच्ने उपाय
गर्मी तथा वर्षा यामसँगै फैलने झाडा पखाला तथा हैजा जस्ता पानीजन्य रोगबाट बच्न बासी सडेगलेका झिङ्गा भन्केका खानेकुरा नखान डा.शर्माको सुझाव छ । उहाँले बासी, सडेगलेका तथा झिङ्गा भन्केका खानेकुरा नखान, उमालेर वा क्लोरिन झोल हालेर शुद्धीकरण गरेर पानी पिउन सुझाव दिनुभयो ।
भान्छा सफा राख्ने । राम्रोसँग पाकेको खानेकुरा मात्रै खाने । भाँडाकुँडा भित्रबाहिर राम्रोसँग सफा गर्ने । खाना पकाउनु र पस्कनु अघि साबुन पानीले राम्रोसँग हात धुने । बच्चालाई खाना खुवाउने भाँडा जस्तै दुधदानी, चम्चा, कचौरा निर्मलीकरण गर्न चिकित्सकको सुझाव छ ।
त्यसका साथै, झाडापखाला हुन नदिन काँचै खान मिल्ने फलफूल तथा तरकारी राम्रोसँग सफा गरेर मात्र खान, खानेकुरा र पानी राम्ररी छोपेर राख्ने। भान्छा सफा राख्ने ।, राम्रोसँग पाकेको खानेकुरा मात्रै खाने ।, भाँडाकुँडा भित्रबाहिर राम्रोसँग सफा गर्ने ।, खाना पकाउनु र पस्कनु अघि साबुन पानीले राम्रोसँग हात धुने ।, बच्चालाई खाना खुवाउने भाँडा जस्तै दुधदानी, चम्चा, कचौरा निर्मलीकरण गर्न डा.शर्माको सुझाव छ ।
खुला ठाउँमा दिसा पिसाब नगर्ने, चर्पीमा मात्र दिसा पिसाब गर्ने र बच्चाको दिसा पिसाब चर्पीमा नै बिर्सजन गर्नेर दिसा पिसाब गरिसकेपछि वा सफा गरेपछि मिचिमिची साबुनपानीले हात धुन उहाँको आग्रह छ ।