बच्चा जन्माउने क्षण महिलाको जीवनकै सबैभन्दा पीडादायी पल हो । प्रसवको बेलामा श्रीमानसँगै बसिदिँदा पीडा सहने शक्ति मिल्ने सेवाग्राही बताउँछन् । सर्लाहीका रामहरी शाह चौथो पटक पिता बन्नुभएको छ ।
जनस्वास्थ्य विज्ञ डा.अरुणा उप्रेतीले अध्याधिक गर्मीको कारणले शरीरमा पानीको मात्र घट्नुका साथै फुड पोइजन, झाडापखाला लगायतका पेटसँग सम्बन्धित स्वास्थ्य समस्या निम्तने हुँदा खानेकुरामा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो ।
पछिल्लो समय देशका विभिन्न भागमा लम्पी स्किनको कारण गाईभैँसीमा सङ्क्रमण हुने क्रम बढ्दो छ । दुई वर्षअघि गाईभैँसीमा महामारीको रूपमा देखिएको सङ्क्रमणदर पुनः बढ्न थालेको हो ।
प्लास्टिक सर्जरी सौन्दर्य बढाउन मात्र प्रयोग गरिन्छ भन्ने गलत बुझाइले गर्दा सरकारको प्राथमिकतामा पर्न नसकेको प्लास्टिक सर्जनको गुनासो छ ।
चीन सरकारबाट अनुदानमा आएको सिनोभ्याक खोप नष्ट गर्ने विधि पत्ता लागेको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखा दयाकृष्ण पन्तले म्याद गुज्रिएको खोप इन्सुलेटर विधिबाट नष्ट गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
दैनिक बिरामी र बिरामीका कुरुवाले भरिभराउ देखिने वीर अस्पताल मङ्गलबार सुनसान देखियो । मङ्गलबार अस्पतालको ओपिडी काउन्टर बन्द थियो, नियमित चेकजाँचका लागि आएका बिरामी काउन्टर अगाडि टाँसेको सूचना पढ्दै चिकित्सकको पर्खाइमा थिए ।
उपभोक्ता अदालत र नेपाल चिकित्सक सङ्घबिचको विवाद पेचिलो बन्दै गएको छ । चिकित्सक सङ्घले उपभोक्ता संरक्षण ऐन, २०७५ मा आवश्यक संशोधनका लागि दबाब दिन सोमबारबाट आकस्मिक बाहेकका सेवा ठप्प गर्नेदेखि प्रमाणपत्र फिर्ता गर्ने सम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेसँगै विवादले नयाँ मोड लिएको छ ।
वीर अस्पतालले डिजिटल प्रविधिबाट शल्यक्रिया गरी नमिलेको टाउको मिलाएको छ । अस्पतालले प्युठानकी एक वर्षीया बालिकाको डिजिटल प्रविधिबाट शल्यक्रिया गरेर नमिलेको टाउको मिलाएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि हुने आंकलन गरिएको जानकारी दिनुभयो ।
दुई वर्षअघि गाईभैँसीमा महामारीको रूपमा देखिएको लम्पी स्किनको सङ्क्रमण पुनः देखिन थालेको छ । यो वर्ष सुरु भएदेखि मोरङ, रुकुम र रुकुमपश्चिम गरी तीन वटा जिल्लामा यो रोग पुष्टि भएको पशुसेवा विभागले उल्लेख गरेको छ ।
उपभोक्ता अदालतले उपचार लापरबाही भएको भन्दै अस्पताल र उपचारमा सङ्लग्न चिकित्सकलाई क्षतिपूर्ति तिराउने फैसलासँग चिकित्सक क्षेत्र त्रसित बनेको छ ।
दही–चिउरा चाँडो तयार पार्न सकिने मिठो खाजा हुनुका साथै स्वास्थ्यका हिसाबले पोषिलो र लाभदाही रहेको जनस्वास्थ्यविद् डा.अरुणा उप्रेती बताउनुहुन्छ ।
नेपालमा सन् २०३० भित्र एचआईभी नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न चुनौती थपिदै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
नेपालमा ओमिक्रोनको सब भेरिएन्ट (पछिल्लो पुस्ता) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेसिङ गर्दा नेपालमा ओमिक्रोनका विभिन्न सवभेरिएन्ट पुष्टि भएको जानकारी दिनुभयो ।
डा. बुढाथोकीका अनुसार साउदी अरबबाट नेपाल फर्किएका ३७ वर्षिक एक पुरुषमा एमपक्सका लक्षण देखिएपछि परीक्षण गर्दा पुष्टि भएको हो ।