स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले अस्पतालले सञ्चालन गरेको फार्मेसीमा औषधी पाउँदैन भन्नु गैरकानुनी भएको बताउनुभएको छ । कान्ति बाल अस्पतालको ६३ औँ वार्षिकोत्सवको अवसरमा मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
जाडो मौसममा इन्फ्लुएन्जा अर्थात् मौसमी फ्लुले धेरै दुःख दिने गर्छ। यो इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने संक्रामक रोग हो।
सरकारले माघ २२ गतेबाट १६ लाख बालबालिकालाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी)खोप अभियान सुरु गर्ने भएको छ।
पछिल्लो समय व्यस्त जीवनशैली र भागदौडले गर्दा भिटामिन ‘डी’ को कमी हुनेको सङ्ख्या बढ्दै गएको छ । घरभित्र बसेर काम गर्ने, घाममा धेरै नबस्ने मानिसमा भिटामिन डि कमी हुने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार रगतमा ३० देखि ३५ भन्दा बढी युनिट भिटामिन डि आवश्यक पर्छ ।
चिसो दिन प्रतिदिन बढ्दै गइरहेको छ । चिसो बढेसँगै शरीरलाई न्यानो बनाइराख्न दाउरा, कोइला, मकलको प्रयोग गरि आगो बाल्ने, हिटर बाल्ने गरिन्छ । त्यस्तै, तातो पानीने नुहाउन ग्यास गिजरको प्रयोग गरिन्छ । के तपाईलाई थाहा छ, चिसोबाट बच्न अपनाइने यस्ता उपकरण प्रयोग गर्दा हेलचेक्राई गरियो भने ज्यानै जान सक्छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले आगामी शैक्षिक सत्रदेखि टोमोथेरापी मेसिन सञ्चालन गर्ने जनशक्ति उत्पादन गर्ने भएको छ । क्यान्सरको उपचार गर्ने प्रविधि टोमोथेरापी मेसिन ल्याएको एक वर्ष पुगेको अवसरमा प्रतिष्ठानका भिसि डा. भुप्रेन्द्र बस्नेतले न्याम्सले आगामी शैक्षिकसत्रदेखि टोमोथेरापी मेसिन सञ्चालन गर्ने जनशक्ति उत्पादन गर्ने बताउनुभयो ।
व्यस्त र प्रतिस्पर्धात्मक जीवनशैलीका कारण धेरै मानिस तनावबाट गुज्रिरहेका छन् । लामो समयसम्म तनावमा बस्दा एकाग्रता नहुने, ध्यान केन्द्रित गर्न नसक्नु, मानसिक तथा शारीरिक स्वास्थ्य समस्या निम्तने गर्छ । पछिल्ला वर्षहरूमा तनावले गर्दा मानसिक तथा शारीरिक रूपमा अस्वास्थ्य बन्दै गएका छन् । यदि तनाव यही हिसाबले बढ्दै जाने हो भने भविष्यमा मानसिक समस्या अर्को महामारीका रूपमा देखा पर्न सक्ने भन्दै सचेत रहन युएनले चेतावनी दिएको छ । तनाव र रोग मुक्त हुन ध्यान रोज्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।
चिसो बढ्दै जाँदा विभिन्न सर्ने तथा नसर्ने रोगले दुःख दिने गर्छ । जाडोमा बढ्ने प्रमुख स्वास्थ्य समस्यामध्ये मुटुरोग पनि एक हो । अन्य मौसमको तुलनामा जाडोमा मुटुको समस्याले बढी दुःख दिने चिकित्सक बताउँछन् ।
पछिल्लो समय जलवायुका कारणले विभिन्न स्वास्थ्य समस्या बढ्र्दै गएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धानकर्ता डा.मेघनाथ धिमालका अनुसार विश्वव्यापी हुने रोगको भार मध्ये एक चौथाई अर्थात २५ प्रतिशत (लगभग १३ मिलियन)को मृत्यु वातावरणीय जोखिमको कारणले हुने अनुमान गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमा कार्यक्रम आवश्यक भएको बताउनुभएको छ ।
नर्सिङको साझा हकहितका लागि काम गर्ने संस्था नेपाल नर्सिङ सङ्घको नयाँ कार्यसमितिका लागि यहि मङ्सिर २८ गते निर्वाचन हुँदैछ । संघको २० औँ कार्यसमिति साथै नेपाल नर्सिङ परिषद् सदस्यका लागि नर्सहरुले दुईवटा प्यानल र स्वतन्त्रबाट चुनावी मैदानमा उत्रिएका छन् ।
चिसो मौसममा छालासम्बन्धी समस्याले बढी दुख दिने गर्छ । यो मौसममा छाला सुख्खा हुने, चिलाउने, एलर्जी हुने, अनुहारमा पोतो आउने, हातखुट्टा फुट्ने, औंला सुन्निने जस्ता छालासम्बन्धी समस्या देखिने गर्छ ।
विश्वमा नसर्ने रोग (मुटु, मधुमेह, क्यान्सर, सिओपिडीको) को समस्या महामारीका रुपमा देखापर्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हुने कुल मृत्युमध्ये दुई तिहाइभन्दा बढी अर्थात् ७१ प्रतिशत नसर्ने रोगका कारणले हुने गर्छ ।
जाडो मौसममा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या देखिने गर्छन् । प्रेसर बढ्ने, हृदयाघात हुने, मानसिक समस्या, चिसो कठेङरियर हाइपोथमिया हुनेजस्ता स्वास्थ्य समस्या देखिने गर्छन् । जाडोमा श्वासप्रश्वाससम्बन्धी समस्या र सङ्क्रामक रोगले बढी दुःख दिने गर्छ ।
आर्थिक वर्ष २०८०/८१ मा दुई हजार ४७५ जनामा एचआइभी पोजेटिभ पुष्टि भएको छ । ३७ औँ विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स र एसटीडी नियन्त्रण केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो ।