डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार तीन दिनमा एक हजार ५९ जना डेंगुका बिरामी थपिनुका साथै एक जनाको मृत्यु भएको छ ।
विश्वमा स्तन क्यान्सरको समस्या बढ्दै गएको छ । ग्लोबोक्यान सन् २०२० को तथ्याङ्क अनुसार प्रत्येक दिन नेपालमा छ जनामा स्तन क्यान्सर हुनुका साथै तीन जनाको मृत्यु स्तन क्यान्सरको कारणले हुने गर्छ ।
वर्षा सुरुभएसँगै डेंगु लगायत किट जन्य रोगको जोखिम बढ्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेले वर्षाको समयमा डेंगु सङ्क्रमणको जोखिम बढ्ने बताउनुहुन्छ ।
काठमाडौंँ मेडिकल कलेज (केएमसी) मा इन्टर्न गर्दै गरेका चिकित्सक आन्दोलित भएका छन् । एमबीबीए अध्ययन गर्दा लिएको अतिरिक्र शुल्क फिर्ता गर्न माग गर्दै केएमसीमा इन्टर्न गर्दै गरेका चिकित्सक चार दिनदेखि आन्दोलनमा उत्रिएका हुन् ।
मौसम परिवर्तनसँगै विभिन्न सङ्क्रमणजन्य तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गर्छ । पछिल्लो सयम कान्तिबाल अस्पतालमा विभिन्न स्वास्थ्य समस्या भएर आउने बालबालिकाको संख्या बढ्दै गएको छ ।
दशैं भन्ने बित्तिकै मासुको पर्व भनेर बुझिन्छ । अघिपछि भन्दा दशैँमा मासुजन्य परिकारको खपत बढी हुन्छ । मासु खाँदा जति मिठोहुन्छ स्वास्थ्यका हिसाबले पनि उतिकै फाइदजनक हुन्छ ।
जमरा लगाउदा जति सुहाउँछ स्वास्थ्यका हिसाबले पनि उतिकै फाइदा जनक मानिन्छ ।
दशैँ भन्नेबित्तिकै खानपानको चाड भने बुझिन्छ । दशैँमा मासु र मासुजन्य परिकार बढी मात्रामा खाने गरिन्छ । मासु आफैंमा पौष्टिकताले भरिपूर्ण भए पनि चाडवाडमा खान नजान्दा अन्य बेलाको तुलनामा पेटसम्बन्धी स्वास्थ्य समस्या बढी देखिने चिकित्सक बताउँछन् ।
भिटामिन र मिनिरल शरीरमा नभई नहुने आवश्यक तत्त्व हुन्। स्वास्थ्य शरीर निमार्णको लागि भिटामिन र मिनिरल आवश्यक पर्छ ।
देशभर झण्डै १५ हजार जनामा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै सात जना सङक्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार जुम्लामा बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।
विश्वभर नसर्ने रोगको भार बढ्दै गएको छ । विश्वमा हुने कुल मृत्युमध्ये क्यान्सरको कारण मृत्यु हुने दोस्रो उच्च रहेकाे छ । सन् २०२२ मा विश्वभर करिब दुई करोड क्यान्सरका नयाँ बिरामी देखा परेका थिए भने ९७ लाखभन्दा बढीले ज्यान गुमाएका थिए । चिकित्सकका अनुसार ९० प्रतिशतसम्म क्यान्सर रोकथाम गर्न सकिन्छ ।
पछिल्ला केही वर्षमा जनावरको टोकाइबाट सर्ने रेबिज रोग प्रमुख जनस्वास्थ्यको समस्याका रूपमा देखा परेको छ ।
पुसबाट फैलिएको डेंगु असोजमा आइपुग्दा ७६ जिल्लामा फैलिएको छ। यही तरिकाले बढ्दै गएमा दसैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ ।
पछिल्लो समय अल्जाइमर तथा डिमेन्सिया रोग बढ्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनले विश्वमा प्रत्येक वर्ष करिब एक करोड नयाँ डिमेन्सियाका बिरामी थपिने अनुमान गरिएको छ ।