नेपालमा बालबालिकामा सबैभन्दा बढी हुने स्वास्थ्य समस्या निमोनिया हो । निमोनिया सबै उमेर समूहका मानिलाई हुने चिकित्सक बताउँछन् । बाल रोग विशेषज्ञ डा.मिरा लामिछानेका अनुसार नवजात शिशु, पाँच वर्षका बालबालिका, वृद्धवृद्धा, रोगप्रतिरोधात्मक क्षमता कम भएका बालबालिकालाई निमोनियाले बढी दु:ख दिन्छ ।
सरकारले मिर्गौला प्रत्यारोपण लागि चार लाखसम्मको सहुलियत दिने व्यवस्था गरेको छ। विपन्न नागरिक औषधि उपचार निर्देशिका २०८० मा मिर्गौला प्रत्यारोपण लागि चार लाख सम्मको सहुलियत दिने व्यवस्था गरेको हो।
चिसो मौसममा छालाको समस्या बढी देखिन्छ । वरिष्ठ छाला रोग विशेषज्ञ प्रा.डा.सबिना भट्टराईका अनुसार चिसो मौसममा छाला सुख्खा, खस्रो हुने, छालाबाट सेतो धुलो निस्कने समस्या देखिन्छ ।
नेपालमा एचआइभी सङ्क्रमितको सङ्ख्या ९० प्रतिशतले घटेको छ । ३६ औँ विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जय ठाकुरले आज सार्वजनिक गर्नुभएको तथ्याङ्कले यस्तो देखिएको हो ।
पछिल्लो समय नेपालमा नसर्ने रोगको प्रकोप बढ्दै गएको छ। स्वास्थ्य सेवा विभागले हालै सार्वजनिक गरेको प्रतिवेदनले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी मधुमेहका बिरामी थपिएका छन्।
स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागीमध्ये ८१ प्रतिशत अनुत्तीर्ण भएका छन् ।
पछिल्लो समय एन्टिमाइक्रोबियल रेजिस्टेन्स (प्रतिजैविक प्रतिरोध) एक विश्वव्यापी जनस्वास्थ्य समस्याको रुपमा देखा परेको छ ।
काठमाडौँमा बुधबार (आज) देखि द्रुत बस सेवा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले संविधान दिवसको अवसर पारेर द्रुत बस सञ्चालन गरेको हो ।
सरकारले बुधबारबाट पाठेघर मुखको ह्युमन प्यापिलोमा भाइरसविरुद्धको (एचपीभी) खोप लगाउन सुरु गर्ने भएको छ ।
पछिल्लो समय आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आयोजक कार्यक्रममा मनोरोग चिकित्सक डा. वासुदेव कार्कीले पछिल्लो समय आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो।
सरकारले १४ वर्ष पुगेर १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गरेर “ह्युमन प्यापिलोमा भाइरस विरुद्धको (एचपीभी) खोप सञ्चालन गर्ने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि परोपकार प्रसूति तथा रोग अस्पताल सुरु गर्ने भएको छ ।
ग्लोबल क्यानको तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा पाठेघरको मुखको क्यान्सरले प्रत्येक दिन ६ जनाको मृत्यु हुन्छ । क्यान्सर रोग विशषेज्ञ डा.अरुण शाहीका अनुसार पाठेघरको मुखका कोषिकाको अनियन्त्रित, असामान्य, अनावश्यक रुपले वृद्धि हुनुलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ।
डेंगु सङ्क्रमितको सङ्ख्या २२ हजार नाघेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा २२ हजार ६२७ जनामा पुष्टि भएको छ।
आत्महत्या रोकथामको लागि सञ्चालन गर्दैआएको हेल्पलाइन ११६६ मा सेवा लिनेको सङ्ख्या बढ्दैगएको छ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा सरकारले आत्महत्याको सोच आए, आफूलाई गाह्रो भएमा निःशुल्क फोन गर्न मिल्ने हेल्पलाइनमा सेवा लिनेको सङ्ख्या बढ्दैगएको हो ।