पछिल्लो समय थाइराइड क्यान्सरका बिरामी बढिरहेका छन् । वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. दिपेन्द्र श्रेष्ठले पछिल्लो समय थाइराइड क्यान्सरका बिरामी बढ्दै गएको बताउनुभयो ।
पछिल्ला केही दिनदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडापखालाका बिरामी बढ्दै गएका छन्। अस्पतालका अनुसार पछिल्लो केही दिनदेखि दैनिक दुई तीन जना बिरामी झाडा पखालाको समस्या लिएर अस्पताल पुग्ने गरेका छन्।
सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले डेंगु फैलिन नदिन बेलैमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।
पछिल्लो समय सूर्तीजन्य पदार्थको सेवनले नसर्ने रोगको जोखिम बढ्दै गएको छ। नेपालमा कुल जनसङ्ख्याको २८.९ प्रतिशतले सूर्तीजन्य पदार्थको सेवन गर्ने गरेको तथ्याङ्कले देखाएको छ। जसमा सबैभन्दा बढी पुरुष ४८.३, महिलाको सङ्ख्या ११.६ प्रतिशत रहेको छ।
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कुल बजेटको ४.६४ अर्थात ८६ अर्ब २४ करोड विनियोजन गरेको गरेको छ।
सरकारले आर्थिक वर्ष २०८५–८६ मा मातृ मृत्युदर प्रतिलाख जीवित जन्म ८५ मा झार्ने परिमाणात्मक लक्ष्य लिएको छ । राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको १६ औँ पञ्चवर्षीय योजनामा (२०८१–८२ देखि २०८५–८६) मा यस्तो लक्ष्य लिएको हो । हाल एक लाख जीवित जन्ममा १५१ जना रहेको छ ।
प्राडा. सिता घिमिरे पोखरेल विगत २० वर्षदेखि देशको विभिन्न अस्पतालमा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले त्रिवि शिक्षण अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा कन्सल्टेन्टको रूपमा जिममेवारी निर्वाह गर्नुभएको छ ।
सरकारले खोप लगाउन छुटेका १४ लाख ६२ हजार ७१२ जना बालबालिका लागि लक्षित गर्दै पोलियो विरुद्धको खोप लगाउने भएको छ ।
पछिल्लो समय निःसन्तान हुने समस्या बढ्दै गएको छ । केही वर्ष अघिसम्म नेपालमा ८ देखि १० प्रतिशतमा रहेको निःसन्तानको समस्या अहिले बढेर १३ देखि १५ प्रतिशत पुगेको छ ।
अकुपन्चर चाइनामा विकास भएको एक प्राचिन उपचार पद्धति हो, भनिन्छ । यो उपचार विधि ६ हजार वर्ष अघि नै प्रचलनमा आएको बताइन्छ । अकुपन्चर विशेषज्ञ डा. लोकेश कर्णकाअनुसार ‘अकु’ भनेको सियो र ‘पन्चर’ भनेको घोच्ने हो ।
गर्मी सुरु भएसँगै छालामा विभिन्न समस्या देखिन्छन् । छालारोग विशेषज्ञ डा.प्रज्वल पुडासैनीले घाम र प्रदूषणले छाला चिलाउने, पोल्ने, पोतो निस्कने, एलर्जी, खटिरा, डन्डिफोर निस्कने जस्ता समस्या निस्कने बताउनुन्छ ।
आँखा क्यान्सर रोग विशेषज्ञ डा.पूर्णिमा राजकर्णिकार स्थापितले बालबालिकाको आँखाको नानीमा सेतो टीका देखिएमा क्यान्सर हुने सम्भावना भएकाले हेलचेक्राई नगर्न आग्रह गर्नुभयो।
सरकारले “एक पालिका एक स्मार्ट विद्यालय” अवधारणा कार्यान्वयनमा ल्याउने भएको छ ।
सरकारले पर्याप्तता जनशक्ति भएका अस्पताल दुई सिफ्टमा सञ्चालन गर्ने नीति ल्याएको छ। मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पर्याप्तता जनशक्ति भएका अस्पताल दुई सिफ्टमा सञ्चालन गर्ने नीति ल्याएको जानकारी दिनुभयो।
गर्मी बढेसँगै विभिन्न सङ्क्रमण जन्य रोगले दुःख दिने गर्छ । गर्मी मौसममा भाइरस, ब्याक्टेरिया, किटजन्य रोगले बढी दुःख दिने चिकित्सक बताउँछन्।