• २१ मंसिर २०८१, शुक्रबार

‘बीमाको दायरा बढाउनुपर्छ’

blog

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला चार वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्दै ।

काठमाडौं, कात्तिक २० गते । स्वास्थ्य बीमाको दायरा बढाएर पाँच लाख रुपियाँ पुर्‍याउने प्रस्ताव सम्भव भएकोे स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले  बताउनु भएको छ ।

आफ्नो चार वर्षे कार्यकालको कार्यविवरण सार्वजनिक गर्दै डा. बसौलाले यस्तो बताउनुभएको हो । डा. बसौलाका अनुसार स्वास्थ्य मन्त्री प्रदिप पौडेलले बीमाको दायरा बढाएर पाँच लाख रुपियाँ पुर्‍याउने  घोषण गरेसँगै मन्त्रालयले बोर्ड समक्ष रायको लागि पत्र पठाएको थियो । 

विभिन्न निकायसँगको छलफलपछि पाँच लाख पुर्‍याउन सम्भव रहेको भन्दै राय सहितको प्रतिवेदन बोर्डले मन्त्रालयमा  बुझाएको डा. बसौलाले जानकारी दिनुभयो ।  

समयसँगै बीमा रकमको दायरा बढाएर पाँच लाख पुर्‍याउने  प्रस्ताव जायज भएको उहाँको ठहर छ । उहाँ भन्नुहुन्छ, “समयसँगै बीमाको दायरा बढाउनुपर्छ । बीमाको सुरुवात गर्दा २५ सय प्रिमियम तिरेर ५० हजार रुपियाँको सेवा सुविधा प्रदान गरेका थियौँ । नियमावाली आइसकेपछि अहिले यो दायरा बढाएर ३५ सय पुर्‍याउने एक लाख रुपियाँसम्मको सेवा सुविधा दिर्दै आएका छौँ ।” 

ऐन नियममा भएको व्यवस्था लागु गर्दै स्रोतको सुनिश्चिता गर्न सकेमा बीमाको दायरा बढाउन सकिने उहाँको तर्क छ ।  उहाँका अनुसार सरकारी कर्मचारी, संस्थान तथा वित्तिय क्षेत्रमा काम गर्ने कर्मचारी, संगठित क्षेत्रमा काम गर्ने कर्मचारी, संगठित क्षेत्रमा काम गर्ने कर्मचारीको एक प्रतिशत तलबबाट काट्ने, एक प्रतिशत रोजगार दाताले हाल्ने हो भने यो सम्भव छ । 

पाँच लाख पुर्‍याउन सामाजिक सुरक्षा कोष,सञ्चय कोष, विभिन्न बैंकहरु लगायतले स्वास्थ्य बीमाको नाममा संचालन गरेका दोहोरो कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डमार्फत संचालन गर्ने एकद्धार रणनीतिको अवलम्बन गर्न सकेमा यो सम्भव भएको उहाँ बताउनुहुन्छ । 

सरकारबाट उपलब्ध गराउने निशुल्क स्वास्थ्य सेवालाई बीमासँग आवद्ध गर्ने ।, योगदान बापत प्राप्त  हुने रकमबाट बीमा कोषको आकार मजबुत नहुन्जेल सम्म सरकारी स्वास्थ्य संस्थाको स्तर बृद्धि तथा पूर्वाधार  विकासमा सरकारले लगानी गर्ने ।, गरिब  तथा विपन्न  परिवारको योगदान  रकम सरकारले ब्यहोरि दिने परियोजनाको लागि  गरिब परिवार परिचय पत्र यथाशिघ्र वितरण गर्ने।, चुरोट, रक्सी, चिसो पेय पदार्थको उत्पादन तथा बिक्रि वितरणमा मनग्गे कर असुल गरी उक्त रकम स्वास्थ्य बीमा कार्यक्रममा लगानी गर्ने हो भने यो सम्भव भएको उहाँको भनाइ छ । 

चार वर्षमा बीमितको संख्या १८ प्रतिशतले बढ्यो 

डा. बसौलाकाअनुसार उहाँले कार्यबाहल समालेदेखि बीमा गर्ने जनसंख्या बढेको छ । उहाँले कार्यवाहल समाल्नुभन्दा पहिले १२.७९ प्रतिशत जनसंख्या बीमा कार्यक्रममा आवद्ध थिए । यो संख्या चार वर्षमा बढेर ३० प्रतिशतमा पुगेको छ । डा. बसौलाकाकाअनुसार स्वास्थ्य बीमामा परिवारको आबद्धता पनि बढएको छ । चार वर्ष अगाडी १४ प्रतिशत परिवार स्वास्थ्यमा बीमामा आवद्ध थिए भने यो संख्या बढेर ४० प्रतिशतमा पुगेको छ ।  

बीमा नविकरणको दर पनि ५० प्रतिशतबाट बढेर ७९ प्रतिशतमा पुगेको छ । ३४ प्रतिशतले सेवा उपभोग गरेकोमा चार वर्षमा बढेर यो संख्या ४९ प्रतिशतमा पुगेको उहाँले जानकारी दिनुभयो ।  

लक्षित वर्गको बीमा कार्यक्रममा आवद्ध हुनेको संख्या पनि बढ्दै गएको डा. बसौलाले जानकारी दिनुभयो । उहाँकाअनुसार हालसम्म पाँच लाख दुई हजार ८४० अति गरिब, १० लाख ४० हजार ४०९ जना जेष्ठ नागरिक, ३९ हजार ३८२ एचआईभी सङ्क्रमित,एक लाख ५६ हजार ६४६ अति अशक्त अपाङग, चार हजार ५२ जना कुष्ठरोगी रहेका बीमामा आवद्ध भएका छन् । 

 त्यसैगरी, तीन हजार ६६४ जना क्षयरोगका बिरामी, एक लाख ४५ हजार ६१ जना महिला स्वास्थ्य स्वयसेविका बीमा कार्यक्रममा आवद्ध भएका छन् । बीमा बोर्डले ७७ जिल्लाको ७५३ वटै स्थानीय तहका ४७९ वटा स्वास्थ्य संस्थाबाट बीमा कार्यक्रम सञ्चालन हुँदै आएको छ । 


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।