केदार तिमल्सिना
बनेपा, असार ७ गते । काभ्रेपलान्चोकको बनेपा नगरपालिका-गोदामचोक नजिक भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार पनौती तर्फबाट बनेपातर्फ आउँ दैगरेको ना ४ च ५९४५ नम्बरको योद्वा गाडीले बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा.प्र.०२.०२३ प ६०२३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक जिल्ला काभ्रे तेमाल गाउँपालिका– १ का ज्ञानध्वज तामाङको मृत्यु भएको हो ।
उक्त गाडीको ठक्करबाट टाउकोमा गम्भिर चोट लागि घाइते भएका तामाङको उपचारको क्रममा शिर मेमोरियल अस्पताल बनेपा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरलाई ठक्कर दिई फरार रहेका
योद्दा गाडी धनी धनुषा जनकपुर उपमहानगरपालिका–१३ बस्ने अजय यादव रहेको र उनको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।
यसैबिच बिपी राजमार्ग अन्तर्गत पनौती नगरपालिका–५ सुन्दरबस्तीमा भकुन्डेबाट काठमाडौतर्फ जाँदै गरेको बा.प्र.०३.०२.०१० प २३१० न. को मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको बा.प्र.०३.००१ ज ४४१ नम्बरको इभी गाडीले ठक्कर दिँदा दुई जना घाइते भएका हुन् ।
इभी गाडीको ठक्करबाट मोटरसाइकल चालक बर्दिबास नगरपालिका ५ बस्ने नेपाली सेनाको बर्दिबास फिल्ड अस्पतालामा कार्यरत श्यामकुमार थिङ र मोटरसाइकलको पछाडि बस्ने काठमाडौ घर भई हाल सर्लाहीस्थित नेपाली सेनाको कालिध्वज गणमा कार्यरत सिपाही सरस्वती तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो ।
घाइले सरस्वतीको दुबै हात र कम्मरमा चोट अवस्था गम्भिर रहेको र श्यामको अवस्था मध्यम रहेको उहाँले बताउनुभयो । घाइते दुबैको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।