‘अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक’
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको बताउनुभएको छ ।
सीमावर्ती जिल्लामा देखिएका समस्या समाधान हुन्छ : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा.आरजु राणाले बर्दियालगायत विभिन्न सीमावर्ती जिल्लाका नाकाहरुमा देखिएका समस्याहरु समाधान हुने बताउनुभएको छ ।
सोवारिग्पा शिक्षालाई व्यवस्थित गर्न जोड
शताब्दीऔँदेखि प्रचलनमा रहेको सोवा रिग्पा उपचार पद्धतिसम्बन्धी उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई मान्यता दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
मामाघर बस्दै आएकी युवतीको मृत्यु
मामाघरमा बस्दै आउनुभएको मकवानपुर मनहरी गाउँपालिका २ स्थित टाँडीकी विमला डिम्डुङको मृत्यु भएको छ ।
राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गर्नुभएको छ ।
५० लाख लिटर अट्ने पानीट्याङ्की निर्माण गरिँदै
तानसेनका खानेपानी उपभोक्ताहरुको सहजताका लागि तानसेन नगरपालिका –५ चिहानडाँडामा पानी सङ्कलन गर्ने ट्याङ्की निर्माण गरिनेभएको छ । उपभोक्तालाई हरेक समयमा पानी उपलब्ध गराउने उद्देश्य राखी ५० लाख लिटरको ट्याङ्की बनाउन माटो परीक्षण गर्न लागिएको समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताउनुभयो ।
खाँडाचक्रमा एकसय ८६ क्षयरोगीको पहिचान
कालीकोटको खाँडाचक्र नगरपालिकामा एकसय ८६ जना क्षयरोगीको पहिचान भएको छ । यहाँ सञ्चालित स्वास्थ्य शिबिरबाट ती रोगी फेला परेका हुन् ।
बाघले गोरु मारेपछि सतर्क रहन आग्रह
जिल्लाको निस्दी गाउँपालिकामा बाघले गोरु मारेपछि सतर्क रहन आग्रह गरिएको छ । निस्दी –४, भोर्मामा बाघले गोरु मारेपछि स्थानीयलाई सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको हो ।
व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
नवलपरासी, पुस १४ गते । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को कावासोती नगरपालिका–१५ गोडारका किसान सामूहिक प्याजखेतीमा जुटेका छन् । शिवशक्ति कृषक समूह गठन गरी स्थानीय ३१ किसानले व्यावसायिक रूपमा प्याजखेती सुरु गरेका हुन् । दुई बिघाा १० कट्ठा जमिन भाडामा लिएर प्याजखेती गरिएको शिवशक्ति कृषक समूहका अध्यक्ष पुष्पराज बरालले बताउनुभयो । “व्यावसायिक खेती गर्ने सल्लाहबमोजिम प्याज रोपिएको हो”, उहाँले भन्नुभयो, “प्याजमा परनिर्भरता कम गर्ने उद्देश्य हो ।”पाँच कट्ठा जमिनमा प्याजको नर्सरी बनाएर १२ किलो बीउ लगाइएकामा रोपेर बाँकी रहेको बेच्दा रु ३१ हजार आम्दानी भएको अध्यक्ष बरालले जानकारी दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मल, बीउ, कृषि सामग्रीलगायतमा रु एक लाख ४४ हजार बराबरको सहयोग प्राप्त भएपछि खेती गर्न थप हौसला मिलेको उहाँले बताउनुभयो ।“समूहका किसानले दैनिक श्रमदान गरी प्याज रोपेका छन्, अब समयअनुसार सिँचाइ र गोडमेल गर्नुपर्छ”, अध्यक्ष बरालले भन्नुभयो, “बीउ उमारेर नेपाली र भारतीय प्रजातिको प्याजको बिरुवा रोपेका छौँ, बाँकी बिरुवा अन्य किसानले खरिद गरेका छन् ।”प्रतिकट्ठा न्यूनतम ६ क्विन्टलका दरले रु १२ लाख मूल्य बराबरको प्याज उत्पादन हुने अनुमान गरिएको अध्यक्ष बरालले बताउनुभयो । उत्पादन लागत रु पाँच लाख रहेकामा यसबाट कम्तीमा रु सात लाख बचत हुने उहाँले बताउनुभयो । यसअघि व्यक्तिगतरूपमा खेती गर्ने गरिएको थियो । समूहमा खेती गर्दा काम गर्न सहज हुनुका साथै बिक्री र आम्दानी गर्न सकिने अध्यक्ष बरालको भनाइ छ । सरकारी निकायले प्रदान गर्ने कृषि अनुदान कार्यक्रममा समावेश हुन समूह दर्ता गरी खेती सुरु गरिएको शिवशक्ति कृषक समूहका उपाध्यक्ष एवं कावासोती नगरपालिका–१५ का वडासदस्य शिवप्रसाद काफ्लेले बताउनुभयो । सरकारी कार्यालयले कृषिमा धेरै बजेट विनियोजन गर्ने गरे पनि समूह दर्तालगायत प्रक्रियाका बारेमा जानकारी नहुँदा बजेट खेर जाने गरेको छ । गाउँमा बढ्दो बेरोजगारी र परनिर्भरता अन्त्य गर्न सामूहिक रूपमा प्रयास गरिएको उपाध्यक्ष काफ्लेले बताउनुभयो । “गाउँमा बेरोजगारी बढेपछि सल्लाह गर्दा सामूहिकरुपमा कृषि कार्य गर्ने उपाय आयो । त्यसमा पनि प्याजखेती गर्ने सबैको सल्लाहअनुसार अगाडि बढेका हौँ”, उहाँले भन्नुभयो, “श्रम गर्न सक्ने जनशक्ति खाली बस्नुपर्ने हुँदा सामूहिक श्रम गर्दै खेतीमा जुटेका हौँ ।”प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि कार्यक्रम सञ्चालन गरेपछि यस वर्ष जिल्लामा शिवशक्ति कृषक समूहजस्तै २५ समूह व्यावसायिक प्याजखेतीमा जुटेका छन् । परियोजना कार्यान्वयन एकाइका प्रमुख सुनिलकुमार सिंहका अनुसार जिल्लामा २० बिघा जमिनमा प्याजखेती गर्ने योजनासहित रु १७ लाख बजेट विनियोजन गरिएको छ । नासिक रेड–५३ र रेड क्रियोल जातका प्याजको बीउ कृषक समूहलाई निःशुल्क वितरण गरिएको छ ।
उच्च र जिल्ला न्यायाधीशको सरुवा
न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा र काज पदस्थापन गरेको छ ।
द्रुतमार्गमा देखिएका समस्या लम्बिन नदिइने
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माणमा देखिएका समस्या लम्बिन नदिने बताउनुभएको छ ।
स्थानीय तहका विकृति नियन्त्रण गर्न कानुन बनाइँदै
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा देखिएका विविध समस्या समाधान गर्न र स्थानीय तहको कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन दुई वटा नमुना कानुन निर्माण गरी स्थानीय तहलाई पठाउने तयारी गरेको छ ।
‘कुलिङ पिरियड’ राख्न सुझाव
निजामती सेवाबाट अवकाश पाएका राजपत्राङ्कित प्रथम श्रेणीभन्दा माथिल्लो तहका कर्मचारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सेवामा जान निश्चित अवधि पार गर्नुपर्ने (कुलिङ पिरियड) कानुन व्यवस्था गर्न दबाब बढेको छ ।
अवधी भाषाको संविधान मन्त्रालयलाई हस्तान्तरण
स्थानीय अवधी भाषामा अनुवाद गरी प्रकाशनमा ल्याइएको नेपालको संविधान २०७२ लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
रुखबाट लडेर मृत्यु
सर्लाहीको बागमती नगरपालिका –२, धरहरामा शनिबार रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७२ वर्षीय सीताराम भण्डारीको रुखबाट लडेर मृत्यु भएको हो ।
वैराखु सामुदायिक वनको अध्यक्षमा पन्थ
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –२ खोक्लिङस्थित वैराखु सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा हरिप्रसाद पन्थ चयन हुनुभएको छ । शनिबार सम्पन्न समूहको छैटौं अधिवेशनले पन्थ अध्यक्ष रहेको ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
कुटपिटले गोपालीको मृत्यु
मकवानपुरको थाहा नगरपालिका –१० स्थित मुलगाउँमा कुटपिटबाट एक जनाको मृत्युभएको छ । आगो ताप्ने क्रममा सामान्य विवाद भई कुटपिटले घाइते भएका स्थानीय ५३ वर्षीय हिराकाजी गोपालीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
डोजर लगाएर घर टहरा भत्काइयो
रुपन्देहीको रोहिणी गाउँपालिकामा डोजर चलाएर सडक किनारका घर टहरा भत्काइएको छ । रोहिणी –४ स्थित कोटहवामा डोजर लगाएर घर टहरा हटाइएको हो ।
प्रमुख दलको सहमतिमा संविधान संशोधन हुनेछ : सञ्चारमन्त्री
माछापुछ्रे गाउँपालिका-१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्दै उहाँले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको हो । उहाँले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताउनुभएकाे हाे ।
सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रमका सहभागी
गण्डकी, पुस १३ गते । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजनामा गरिएको गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रमका सहभागी कास्कीको मादी गाउँपालिका-१ स्थित पर्यटकीय स्थल कोरीमा । पृष्ठभूमिमा लम्जुङ हिमाल । तस्बिरः रासस
राहुघाटको ७२ प्रतिशत भौतिक प्रगति
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति भएको छ ।
अप्टिकल फाइबर विस्तार तीव्र
सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले देशका सात वटै प्रदेशका ७५३ नगरपालिकामा अप्टिकल फाइबर विस्तार गरी ई–गभर्नेन्सको अवधारणालाई मूर्त रूप दिन लागिएको बताउनुभएको छ ।
सहकारी ठगी प्रकरण : भेद छैन कारबाहीमा
देशभरिका पाँच सयभन्दा बढी सहकारी संस्थामा ठगी, हिनामिना र स्वेच्छाचारी ढङ्गले लगानी गरी आर्थिक अपचलन गरेका झन्डै एक हजार १७५ जनाभन्दा बढी अभियुक्तमाथि कारबाही प्रक्रिया अघि बढेको छ ।
बालश्रम अझै पनि जोखिमपूर्ण अवस्थामा
पुसको कठ्याङ्ग्रिने जाडोमा ११ वर्षीय निखिललाई कलङ्कीबाट रात्रिबस चढ्ने यात्रुलाई पानीको बोतल र पत्रु (फास्टफुड) खानेकुरा बिक्री गर्न भ्याइनभ्याई हुन्छ ।