रजतपटको परिभाषा बदल्दै रङ्गकर्मी
जीवन्त अभिनयको नवीनतम यात्रा आरम्भ गर्ने थलो रङ्गमञ्चबाट उदाएका रङ्गकर्मी नेपाली चलचित्र उद्योगकै रूपान्तरणको हिस्सा बनिरहेका छन् ।
सुमो दुर्घटनामा गम्भीर घाइते राईको मृत्यु
खोटाङको बाँसपानीमा सुमो दुर्घटना हुँदा गम्भीर घाइते भएका केपिलासगढी गाउँपालिका–१ फेदीका ७२ वर्षीय दुर्गाप्रसाद राईको मृत्यु भएको छ ।
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन समुदायले क्रिसमस डे भव्यताका साथ मनाएका छन्। विभिन्न चर्च र मण्डलीमा शुभकामना आदानप्रदान गरेर क्रिसमस डे मनाइएको हो।
रसुवा भ्रमण गर्ने २५ हजार नाघे, राजस्व सङ्कलन सन्तोषजनक
रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङटाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या पच्चीस हजार नाघेको छ ।
दुर्गमका विद्यार्थीलाई छात्रवृत्ति प्रदान
ताप्लेजुङको दुर्गम क्षेत्रका विद्यार्थीलाई ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड) नेपालले छात्रवृति प्रदान गरेको छ । रीड नेपालले विभिन्न सङ्कायअन्तर्गत उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई यसवर्षको छात्रवृत्ति प्रदान गरेको हो ।
संसदीय लोकतन्त्र प्रवर्द्धन गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ
सभामुख देवराज घिमिरेले संसदीय लोकतन्त्र प्रवर्द्धनका लागि सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
झोलुङ्गे पुलबाट हाम्फालेका युवाको मृत्यु
रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ स्थित मठबाट सल्ले जोड्ने झोलुङ्गे पुलबाट हाम्फालेर एक युवाको मृत्यु भएको छ ।
सुनसरीका पौने ६ लाख स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध
सुनसरीका १२ स्थानीय तहका पाँच लाख ७६ हजारभन्दा बढी स्थानीयहरु स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । जिल्लामा हाल पाँच लाख ७६ हजार ११३ जनाले स्वास्थ्य बिमा गराएर सेवा लिइरहेका छन् ।
विपन्न विद्यार्थीका लागि अक्षयकोष स्थापना
बाह्रबिसे नगरपालिका–४ स्थित श्री शारदा माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समूहले आफू अध्ययन गरेको विद्यालयको शैक्षिक उन्नयनका लागि अक्षयकोष स्थापना गरेका छन् ।
भानु जन्मस्थललाई साहित्यिक र सांस्कृतिक गन्तव्य बनाउन महोत्सव
राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्तको आचार्यको जन्मथलोलाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न महोत्सव सुरु भएको छ । भानु नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्गलबारबाट प्रथम भानु नगर महोत्सव सुरु भएको हो ।
बोटमै खेर जाँदै हरियो चियापत्ती
हरियो चियापत्ती प्रशोधन गर्ने प्लान्ट नहुँदा तेह्रथुमको लालीगुराँस नगरपालिका क्षेत्रमा चिया खेती गर्दै आएका किसानको हरियो पत्ती बोट मै खेर गइरहेको छ ।
कलहले बिथोलिँदै परिवार
काम नगर्ने भन्दै सासूले ‘करकर’ गरेपछि मण्डनदेउपुर नगरपालिका–१, नगरकोट घिसिङ टोलमा ज्वाइँले नै सासूको प्राण लिएका छन् ।
असफलताले निम्त्याएको बीभत्स घटना
आफ्ना सन्तति, परिवारका सदस्यका लोक सेवाको परीक्षा पास गरी सरकारी सेवामा पुगेको देख्ने हरेक अभिभावकको चाहना हुनु स्वाभाविकै हो
यसपटक भर्ना भएकै दिन पाठ्यपुस्तक हातमा
आउने शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीले भर्ना भएकै दिन पाठ्यपुस्तक पाउने भएका छन् ।
सिद्धबाबा सुरुङमार्ग : छिचोलिए तीन वटै ‘बाइपास’
‘मृत्युमार्ग’ का रूपमा चिनिने सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडकखण्डको निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग अन्तर्गत तीन वटै सहायक सुरुङमार्ग (बाइपास) छिचोलिएको छ ।
८८ दिनपछि माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन सुरु
नेपालमा सञ्चालनमा रहेका जलविद्युत गृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ ।
मौसम बदली : वर्षा कम, बुधबारदेखि सुधार हुने
नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले आज देशका धेरै जसो स्थानमा प्रभाव पारेको छ ।
प्रेस कानुनलाई स्वतन्त्रतामैत्री बनाउन खबरदारी गर्ने पत्रकार महासङ्घको निर्णय
नेपाल पत्रकार महासङ्घले केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण भइरहेका सञ्चारसम्बन्धी कानुनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुका साथै खबरदारी गर्ने निर्णय गरेको छ।
वायुसेवा निगमको आन्तरिक उडान ठप्प
विमान अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडान ठप्प भएको छ। उडानमा रहेको एक मात्रै ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि निगमको आन्तरिक उडान पूर्ण रूपमा ठप्प भएको हो।
मृतक ई–रिक्सा चालकको परिवारलाई आर्थिक सहयोग
अटोटेम्पो तथा ई–रिक्सा व्यवसायी सङ्घ बाँकेले मृतक ई–रिक्सा चालकको परिवारलाई आर्थिक सहयोग गरेको छ । अटोटेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँके नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ६ बस्दै आएका स्व. ससिव श्रीवास्तवको परिवारलाई नगद १० हजार सहयोग गरेको हो ।
सार्कलाई सक्रिय बनाउन आबद्ध मुलुकको भूमिका आवश्यक : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले मङ्गलबार शिष्टाचार भेट गर्नुभएको छ ।
पोखरामा बेलुन महोत्सव सुरु (फोटो फिचर)
पर्यटकीय राजधानी पोखरामा मङ्गलबारबाट बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव भएको छ । नेपालको साहसिक पर्यटनको कोशेढुङ्गाको रुपमा स्थापित गर्न नेपालमा पहिलो पटक पोखराको पामे क्षेत्रमा इन्टरनेशनल बेलुन महोत्सव आयोजना गरेको हो ।
मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्न युवालाई सचेतना
बाँके र बर्दिया निकुञ्जका वन्यजन्तुका कारण सो वरिपरि बसोबास गर्ने स्थानीयलाई विभिन्न प्रकारको क्षति पुग्दा बढ्दै गएको मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्न बाँके र बर्दियाका युवालाई सचेत पार्न सुरु गरिएको छ ।
पुग्दैन समितिमा गणपूरक सङ्ख्या, कानुन निर्माण सुस्त
जनप्रतिनिधि जिम्मेवार नहुँदा कानुन निर्माण ओझेलमा परेको छ ।