• २० चैत २०८१, बुधबार

बिहान सात बजेदेखि विद्यालय चलाउन सुझाव

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस १९ गते । पूर्वकानुनमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य शेरबहादुर तामाङले विद्यालयको पठनपाठन बिहान ७ देखि दिउँसो १ बजेसम्म सञ्चालन गर्न प्रस्ताव गर्नुभएको छ । बिहीबार सञ्चारकर्मीसँगको छलफलमा तामाङले आफूले मुलुकको समग्र विद्यालय शिक्षाको अवस्थालाई विश्लेषण गरेर यस्तो प्रस्ताव गरेको बताउनुभयो । गर्मीको समयमा बिहान ७ देखि दिउँसो १ बजेसम्म तथा जाडोमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्यालय सञ्चालन गर्न उपयुक्त हुने तामाङको प्रस्ताव छ । 

बिहानको समयमा विद्यालय सञ्चालन गर्दा विद्यार्थीलाई स्कुलमै खाना खाने व्यवस्था गर्ने तथा त्यसका लागि हाल उपलब्ध गराउँदै आएको दिवा खाजाको रकममा वृद्धि गर्नुपर्ने, यसरी सामूहिक रूपमा खाना खुवाउने व्यवस्थाले जातीय छुवाछूत अन्त्य हुने, कक्षा अनुसार ५ देखि १० विद्यार्थीलाई एक एक दिन सामूहिक रूपमा खाना बनाउने काममा लगाउने  र यसो गर्दा सामूहिक रूपमा काम सिक्ने वातावरण विकास हुने तामाङको दाबी छ ।