• २१ जेठ २०८२, बुधबार

डढेलोका कारण क्यानाडामा २६ हजारभन्दा बढी विस्थापित

blog

क्यानाडाको मनिटोबाको फ्लिन फ्लोनमा लागेको डढेलोबाट निस्किएकाे धुवाँ । तस्बिर : मनिटोबा सरकार/रोयटर्स

ओटावा(क्यानडा) जेठ १९ गते । क्यानाडाको जङ्गलमा लागेको डढेलोका कारण यहाँका तीन प्रान्तका २६ हजारभन्दा बढी बासिन्दाहरू विस्थापित भएका छन् । आगो भने अझै नियन्त्रणमा आउन सकेको छैन ।  

शनिबारसम्म म्यानिटोबामा लगभग १७ हजार अल्बर्टामा एक हजार ३०० र सास्काचेवानमा करिब आठ हजार मानिसहरूलाई त्यहाँबाट सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको छ । अधिकारीहरूले विस्थापितको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।

डढेलोका कारण उत्यन्न धुवाँले क्यानाडा र अमेरिकाका केही सीमावर्ती राज्यहरूमा वायु प्रदूषण बढाएको जनाइएको छ ।

अमेरिकाका केही भागहरू उत्तरी डकोटा, मोन्टाना, मिनेसोटा र दक्षिण डकोटाका क्षेत्रहरूमा हावाको गुणस्तर खतराको स्तरमा पुगेको जनाएइको छ । रासस