• २१ जेठ २०८२, बुधबार

यातायात व्यवसायीसँगको छलफल सकारात्मक

blog

गृह मन्त्री रमेश लेखकसहित यातायात व्यवसायीबिचको सोमबार भएको छलफलमा सहभागीहरु । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, जेठ १९ गते । गृह मन्त्री रमेश लेखकसहित यातायात व्यवसायीबिच सोमबार बिहानदेखि भएको छलफल सम्पन्न भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार गृह मन्त्रालयमा गृहमन्त्रीसहित, भौतिक पूर्वाधार मन्त्रालयका सहसचिवको संयोजकत्वमा बैठक बसेको हो ।

प्रवक्ता तिवारीले भन्नुभयो, “भौतिक पूर्वाधार मन्त्रालयको सहसचिवज्यूको संयोजकत्वमा सरकारका तीन, चार वटा मन्त्रालयका प्रतिनिधि, यातायात व्यवसायका प्रतिनिधि बसेर यस संवादलाई अझ अगाडि बढाउने छलफल भएको छ ।”

उहाँले बैठकमा यातायात व्यवसायलाई थप व्यवस्थित एवम् मर्यादित बनाउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कसरी सार्वजनिक यातायातलाई थप व्यवस्थित, मर्यादित बनाउन सकिन्छ भन्ने छलफल गर्दै जाने र कार्यान्वयन गर्न सकिने विषय कार्यान्वयन गर्न भन्ने छ । अब, उहाँहरुको बैठक बसेर आन्द्योलन फिर्ता लिनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ ।”