• २५ पुस २०८१, बिहिबार

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एक हजार १५३ खेलाडी सहभागी

blog

नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन । तस्बिर : भावना जोशी

भावना जोशी
अत्तरिया, पुस २४ गते ।
धनगढी उपमहानगरपालिकाले आयोजना गर्ने नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एक हजार १५३ जना विद्यार्थी खेलाडीको  सहभागीता हुने भएको छ ।

मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्दै धनगढी उपमहानगरकी नगर उप–प्रमुख कन्दकलाकुमारी रानाले १५ औं राष्ट्रपति रनिङ शिल्ड पुस २४ देखि २८ गतेसम्म धनगढी रङ्गशालामा आयोजना गरिने जानकारी दिनुभयो ।

यो पटक प्रतियोगितामा २६ सामुदायिक विद्यालयबाट ८४० जना र संस्थागत १५ विद्यालयबाट ३१३ जना खेलाडी विद्यार्थी सहभागी हुने उहाँको भनाइ छ । उपप्रमुख रानाले भन्नुभयो, “६ वटा विधाको ५२ वटा इभेन्टमा खेलहरु खेलाइने छन् । यो पटक भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट, तेक्वान्दो र उसुतर्फका  प्रतियोगिता छनोट भएका छन् । प्रत्यक विधामा छात्र र छात्राको  अलग–अलग प्रतिस्पर्धा रहने छ ।”

यो पटक राष्ट्रपति रनिङ शिल्डका लागि नगरपालिकाले आन्तरिक स्रोतबाट आठ लाख  बजेट विनियोजन गरेको  उपप्रमुख रानाले जानकारी दिनुभयो ।