कोकिला ढकाल
इलाम, पुस २५ गते । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) इलामको अध्यक्षमा नुनुमा राई चयन हुनुुभएको छ । राईलाई चयन गरेसँगै प्याब्सन इलामले पहिलो पटक महिला नेतृत्व पाएको हो ।
दशौं अधिवेशनले राईलाई अध्यक्षमा चयन गरेको छ । आज सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा छवि लम्साल, उपाध्यक्षमा टेकेन्द्र बस्नेत, सचिवमा विकास राई, सह–सचिवमा बुद्ध राई र कोषाध्यक्षमा विष्णुु गड्र्तौला चयन हुनुभएको छ ।
सदस्यहरु भने भूूगोलबाट आउने जनाइएको छ । सर्वसम्मत ढंगले नेतृत्व चयन गरिएको प्याब्सन इलामका पूूर्व अध्यक्ष विकास कर्मचार्यले बताउनुभयो । निर्वाचित भएपछि अध्यक्ष राईले निजी विद्यालयले दिंदै आइरहेको गुणस्तरीय शिक्षालाई थप प्रभावकारी बनाउन प्याब्सनले लिएको लक्ष्य पूरा गर्नेमा आफू दृढ रहेको बताउनुुभयो ।