• २५ पुस २०८१, बिहिबार

तस्बिरमा नेवा एकता दिवस

blog

कदर पत्र र मायाको चिनो प्रदान गर्नुहुँदै उपप्रधानमन्त्री प्रकाशमान सिंह। तस्बिरः मनोजरत्न शाही

काठमाडौँ, पुस २४ गते। उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो कलासंस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ।बुधबार नेवाः देय्ः दबूयाले नेवा एकता दिवसको अवसरमा टोखामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

नेवा समुदायभित्र विविधता भए पनि विविधताभित्र एकता भएको उहाँको भनाइ थियो।‘भाषा, संस्कृति,पहिचान जोगाउन नेवाः देय् दबूयाले काम गरिररहेको छ। यो अत्यन्त सकारात्मक छ।निरन्तरता पाओस्,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो’, आफ्नो भेषभूषा,कलासंस्कृतिको संरक्षण गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।’ 

त्यस्तै फरक सन्दर्भमा उहाँले समयको मागअनुसार जनताको चाहना बमोजिम विधि प्रक्रिया पूरा गरेर संविधान संशोधन हुने पनि बताउनुभयो। संविधान जारी हुँदाको अवस्था सम्झँदै उपप्रधानमन्त्री सिंहले दुई पटक संविधान सभा विघटन भएपछि पेचिलो अवस्थामा संविधान जारी भएको स्मरण गर्नुभयो ।

कार्यक्रममा वक्ताले संविधानले आदिवासी जनजातिलाई अझै सम्बोधन गर्न बाँकी रहेको बताएका थिए।‘सरकारलाई सुनाउनुपर्ने कुरा सुनाउनुभएको छ।डेमोक्रेटिक सिस्टममा सबैले आफूलाई लागेको कुरा भन्न पाउँछन्। यो नै यसको सुन्दरता हो। मैले गर्न सक्ने काम गर्छु,’ उहाँले भन्नुभयो। 


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।